Top Navigation
शनिबार, माघ २१, २०७९ ११:३३:३१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:३३:३१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
समाज
  • Home
  • समाज
  • त्रिभुवन जनता माविले मनायो ७० औं वार्षिकोत्सव
त्रिभुवन जनता माविले मनायो ७० औं वार्षिकोत्सव
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, असोज ७, २०७९
माया बेकरी माया बेकरी
त्रिभुवन जनता माविको ७० वार्षिकोत्सव समारोहमा नृत्य प्रस्तुत गर्दै विजयश्वरी वोर्डिङका विद्यार्थीहरु ।

रुकुम पश्चिमको जेठो विद्यालय त्रिभुवन जनता माविले ७० औं वार्षिकोत्सव मनाएको छ । मुसीकोट नगरपालिका १ खलंगामा रहेको विद्यालयले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । असोज १ गते सुरु भएको औपचारिक समारोह आज समापन गरिएको छ । औपचारिक समारोह पूर्व विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गरिएको थियो । 

विद्यालयले हरेक वर्ष असोज १ गते औपचारिक समारोहको आयोजना गरी वार्षिकोत्सव मनाउने गरेकोमा यो वर्ष भने प्रतिकुल मौसमका कारण १ गते वार्षिकोत्सव समारोह उद्घाटन मात्र भएको थियो । आज उक्त समारोहलाई निरन्तरता दिदैं सकाइएको विद्यालयले जनाएको छ । 

Tjss 11663933825.jpg

समारोहका अवसरमा विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीहरुलाई प्रशंसापत्रले सम्मान गरिएको छ । त्यस्तै विद्यालयमा स्थापना गरिएका विभिन्न छात्रवृत्ति अक्षय कोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयलाई विभिन्न सामग्री सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई विद्यालयले सम्मान तथा धन्यवाद समेत ज्ञापन गरेको छ । कार्यक्रममा विद्यालय तथा अन्य छिमेकी विद्यालयका विद्यार्थीहरूले साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक हरिप्रसाद खनालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तर टुंगो लाग्न बाँकी रहेको भन्दै विद्यालयको आय व्यय भने वार्षिकोत्सव समारोहमा प्रस्तुत गरिएन् । कार्यक्रममा बोल्ने वक्ताहरुले आर्थिक पाटोलाई गम्भिरताका साथ उठाएका थिए । जिल्लाको पुरानो विद्यालयले खर्च विवरण पेश गर्न नसक्नु दुःखद भएको उनिहरुले बताएका थिए । 

Tjss 21663933825.jpg

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आर्थिक पाटोलाई तत्कालै दुरुस्त बनाउन विद्यालयलाई निर्देशन दिनुभयो । आर्थिक पारदर्शितामा ध्यान दिन उहाँले विद्यालयलाई आग्रह गर्नुभयो । राजनीतिक दलहको तर्फबाट बोल्दै नेकपा एमालेका जिल्ला सचिव शसिराम नेपाली र नेपाली कांग्रेसका जिल्ला सह सचिव यज्ञबहादुर बिष्टले पनि आर्थिक पारदर्शितामा विद्यालय चुकेको भन्दै तत्कालै आर्थिक विवरण सार्वजनिक गर्न विद्यालय प्रशासन र विव्यसलाई आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले छिट्टै अभिभावक भला गरेर आयव्यय सार्वजनिक गरिने बताउनुभयाे । फाइनल हुन बाँकी रहेकाेले आर्थिक प्रतिवेदन पेश हुन नसकेकाे बताउनुभयाे । समग्र विद्यालयकाे विकासका लागि वार्षिक कार्ययाेजना निर्माण गरेकाे र साेही अनुसार काम हुने उहाँकाे भनाई छ । साथै विद्यालयकाे विकासका लागि साथ र सहयाेग गर्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयाे ।

मुसिकाेट नगरपालिका

वार्षिकोत्सव समारोह Live

  
 


प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १७:२८
चाैरजहारी चाैरजहारी
#त्रिजमावि #वार्षिकाेत्सव
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्