Kakhara सबैको खबर सम्पूर्ण खबर
बडा दशैंको सातौं दिन आज फूलपाती भित्राइँयो 
फूलपाती भित्राउनु अघि कालिकाथानमा विधिपूर्वक पुजा गरिँदै ।

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । 

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ । रुकुम पश्चिममा पनि फूलपाती भित्र्याइँएको छ । आज नेपाली सेनाको नरसिंह दल, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विधि पूर्वक फूलपाती भित्र्याएका छन् । 

खलंगाको कालिकास्थानमा विधिपूर्वक पुजा आराधना गरी धुमधामका साथ फूलपाती भित्र्याइँएको नरसिंह दल गण सल्लेका गणपति प्रमुख सेनानी प्रमोद शर्माले जानकारी दिनुभयो । फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । यसरी भित्र्याइँएको फूलपाती कोजाग्रज पूर्णिमाको दिन विसर्जन गर्ने गरिन्छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update