Top Navigation
शनिबार, माघ २१, २०७९ ११:१२:२८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:१२:२८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रुकुम पश्चिममा सत्ता गठबन्धन दल कांग्रेस–माओवादीकै विच प्रतिस्पर्धा 
रुकुम पश्चिममा सत्ता गठबन्धन दल कांग्रेस–माओवादीकै विच प्रतिस्पर्धा  सहमति नहुँदा मित्रवत प्रतिस्पर्धा कांग्रेस
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, असोज २४, २०७९
माया बेकरी माया बेकरी

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिममा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै विचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आइतबार जिल्लाका सबै निर्वाचन क्षेत्रमा दुवै दलले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धन दलहरुविचमा गत शुक्रबार रुकुम पश्चिममा प्रतिनिधि सभा र निर्वाचन क्षेत्र नम्बर १ माओवादीले पाउने सहमति भएको थियो । तर निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी र कांग्रेस दुवैले दाबी गरेका थिए । उक्त क्षेत्रका बारेमा कुरा नमिल्दा दुवै दलले सबै क्षेत्रमा उम्मेदवारी दिएका हुन् । माओवादीले सबै क्षेत्र आफुले पाउनुपर्ने अडान राखेको छ भने कांग्रेसले कम्तिमा एउटा क्षेत्र आफ्नो भागमा पर्नुपर्ने माग गरिरहेको छ । 

गठबन्धनमा कुरा नमिलेपछि आफुहरुले मित्रवत प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएको नेपाली कांग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले बताउनुभयो । जिल्लाको विषयमा केन्द्रमा सहमति हुन नसकेपछि मित्रवत प्रतिस्पर्धाका लागि पार्टीले आधिकारीक टिकट दिएर उम्मेदवार उठाएको उहाँको भनाई छ । कांग्रेसबाट प्रतिनिधि सभामा मानबहादुर नेपालीको मनोनयन दर्ता भएको छ । प्रदेश तर्फ भने २ वटा निर्वाचन क्षेत्र मध्ये १ मा पार्टीका कर्णाली प्रदेश महामन्त्री समेत रहनुभएका कृष्णबहादुर रोकाय र २ मा जिल्ला सभापति समेत रनुभएका प्रेमप्रकाश ओलीको उम्मेदवारी परेको छ । 

माओवादी केन्द्रले भने आफ्ना उम्मेदवार गठबन्धनका उम्मेदवार भएको बताएको छ । सत्ता गठबन्धनको केन्द्रीय निर्णय अनुसार रुकुम पश्चिमका तीन वटै निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवारी दिएको पार्टीका जिल्ला समन्वय समिति संयोजक गोविन्द रोका सचिनले बताउनुभयो । कांग्रेसले गठबन्धन विरुद्ध उम्मेदवारी दिएको उहाँको दाबी छ । माओवादीले जिल्लाबाट प्रतिनिधि सभाका लागि बहालवावा अर्थमन्त्री जनार्दन शर्माको उम्मेदवारी दर्ता गराएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ तर्फ महेन्द्र केसी र २ तर्फ राजकुमार शर्माको उम्मेदावरी दर्ता भएको छ । यिनै उम्मेदवार गठबन्धनका रहेको रोकाले बताउनुभयो ।  

सत्ता गठबन्धनमा रहेका अन्य दलले भने जिल्लामा उम्मेदवारी दिएका छैनन् । नेकपा एकीकृत समाजवादीले गठबन्धनको निर्णय अनुसार जिल्लामा उम्मेदवारी नदिएको बताएको छ । जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई पार्टीको समर्थन रहने र जिल्लाबाट कुनैपनि पदका लागि उम्मेदवारी नदिएको जानकारी गराउनुभएको छ । तर विज्ञप्तीमा सत्ता गठबन्धनका उम्मेदवार को हुन् भनेर खुलाइएको छैन् । 

सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाले पनि जिल्लामा उम्मेदवारी दिएको छैन् । उसले पनि सत्ता गठबन्धनका आधिकारीक उम्मेदवारलाई सहयोग गर्ने जनाएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिएको छ । प्रतिनिधि सभामा जिल्ला अध्यक्ष नन्दराम देवकोटाले उम्मेदवारी दिँदा प्रदेश १ मा नारायणकुमार शाह र २ मा कर्णबहादुर घर्तीले उम्मेदवारी दिनुभएको छ । 

मुसिकाेट नगरपालिका

जिल्लामा गत २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सबै क्षेत्रमा माओवादीले जितेको थियो । जिल्लामा माओवादीको मुख्य प्रतिस्पर्धी दल कांग्रेस हो । एमालेको हैशियत जिल्लामा तेस्रो हो । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले सत्ता गठबन्धन भन्दा बाहिर गएर एमालेसंग तालमेल गरेको थियो । जिल्लामा अहिले कांग्रेस माओवादीका विचमा तालमेल हुन नदिने मुख्य कारण त्यही हो । 

एमालेसंग तालमेल गरेर कांग्रेसले माओवादीबाट २ वटा स्थानीय तह छिनेको थियो । झिनो मतान्तरले मुसीकोट नगरपालिकाको प्रमुख र बाँफिकोट गाउँपालिकाको अध्यक्ष गुमाएको माओवादी अहिले कांग्रेसलाई कुनै क्षेत्र दिने मनस्थितिमा पुगेको बताइन्छ ।   
 


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १०:२२
चाैरजहारी चाैरजहारी
#गठबन्धन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्