Top Navigation
शनिबार, माघ २१, २०७९ ११:३०:१६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:३०:१७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रेमप्रकाश ओली विरुद्ध दाबि विरोध, बैंकिङ कसुरमा दोषि ठहरिएकोले उम्मेदवारी खारेजिको माग 
प्रेमप्रकाश ओली विरुद्ध दाबि विरोध, बैंकिङ कसुरमा दोषि ठहरिएकोले उम्मेदवारी खारेजिको माग 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, असोज २४, २०७९
माया बेकरी माया बेकरी

रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार प्रेमप्रकाश ओलीका विरुद्ध दाबि विरोध परेको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज सोही क्षेत्रमा गठबन्धनका उम्मेदवार राजकुमार शर्माका तर्फबाट ओलीको उम्मेदवारी विरुद्ध उजुरी परेको हो । 

ओलीलाई बैंकिङ कुसरको मुद्दामा उच्च अदालत सुर्खेतले दोषि ठहर गरेको भन्दै उहाँको उम्मेदवारी खारेजको माग सहित दाबि विरोध परेको हो । बैंकिङ कसुरमा दोषि ठहरिएको भन्दै उहाँको उम्मेदवारी खारेजिको माग सहित दाबि विरोध परेको र यसमा जाँचबुझ भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो । 

अन्य कुनैपनि उम्मेदवारका विरुद्ध भने दाबि विरोध नपरेको बोहराले बताउनुभयो । ओली विरुद्ध उच्च अदालत सुर्खेतले गत वर्ष चेक अनादर गरेको ठहर गर्दै विगो भराउने र एक महिना सम्मको कैद सजायको फैसला गरेको थियो । रुकुम पश्चिमकै सानीभेरी गाउँपालिका १, का सुदिप विकले दायर गरेको मुद्दामा २०७८ असार १६ गते फैसला गर्दै अदालतले ७ लाख २३ हजार ७ सय ५० विगो तिर्न र एक महिना कैद सजाय तोकेको थियो । 

साथै क्षेतीपूर्ति वापत २८ हजार ९ सय ५० रुपैयाँ तिर्न पनि अदालतले आदेश गरेको थियो । अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसारको कसुर गरेको ठहर गरेको गर्दै सजाय फैसला गरेको थियो । ओलीले विकलाई एनआइसी एसिया बैंकको चेक दिएको र उक्त खातामा पैसा नभएको ठहर गरिएको थियो । 

ओली यो फैसलाको विरुद्ध सर्वोच्च अदालत जानुभएको छ । सर्वोच्चमा उहाँको मुद्दा विचाराधिन अवस्थामा रहेको छ । ओलीले आफूले उक्त पैसा तिरिसकेको बताउनुभएको छ । २०७६ साउन ९ गते सुदिप विककै खातामा ७ लाख २३ हजार ७ सय ५० र थप रकम २६ हजार २ सय ५० समेत तिरिसकेको उहाँको भनाई छ । आफूले पैसा तिर्दा पनि बेइमान गरेर मुद्दा दर्ता गरी एकपक्षीय मुद्दा फैसला भएपछि आफू उक्त मुद्दाको विरुद्ध सर्वोच्चमा गएको ओलीले बताउनुभयो । 
 

मुसिकाेट नगरपालिका


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १९:२२
चाैरजहारी चाैरजहारी
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्