Top Navigation
शनिबार, माघ २१, २०७९ ११:२५:४६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:२५:४६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनका उम्मेदवार ओलीको टोलीलाई तकसेरा छिर्न दिइएन
गठबन्धनका उम्मेदवार ओलीको टोलीलाई तकसेरा छिर्न दिइएन
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, कात्तिक १, २०७९
माया बेकरी माया बेकरी
तकसेरा प्रवेशद्धार दिखिउँ डाँडा ।

रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर ‘क’ का प्रत्यक्ष तर्फका उम्मेदवार तेजबहादुर ओलीको टोलीलाई स्वतन्त्र उम्मेदवारका समर्थकले रोकेका छन् । चुनावि प्रचारका लागि पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न वडाका लागि निस्किएको टोलीलाई सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका सुरुल पुनका समर्थकले रोकेका हुन् । 

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० र ११ तकसेराका स्थानीयले उम्मेदवार ओलीको टोलीलाई तकसेरा प्रवेश गर्न नदिने तयारी गरेपछि ओलीको टोली विच बाटोबाट निर्धारित भन्दा फरक ठाउँ तर्फ लागेको छ । यो टोली पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ को मयाङका लागि निस्किएको थियो । उक्त ठाउँ पुग्न तकसेरा हुँदै जानुपर्छ । 

तर तकसेराका स्थानीयले दिखिउँ डाँडामा जम्मा भएर त्यो भन्दा अगाडी जान नदिने तयारी गरेपछि उम्मेदवार ओली नेतृत्वको टोली केही समय क्युवाङमै रोकिएको थियो । तकसेरा प्रवेश गर्ने अवस्था नदेखेपछि उक्त टोली वडा नम्बर १२ को कोल तर्फ लागेको छ । ओलीको टोली आज वडा नम्बर ६ को मयाङ पुग्ने र भोली स्थानीय गठबन्धन दलका नेताहरुसंग छलफलको कार्यक्रम थियो । 

आज अगाडी बढ्नसक्ने अवस्था नभएपछि कोल तर्फ लागेको उम्मेदवार ओलीले बताउनुभयो । सहजिकरणको प्रयास भइरहेको उहाँले बताउनुभयो । 

तकसेराका स्थानीयले ओलीले आफ्ना मुद्दा नउठाएको आरोप लगाएका छन् । ५ वर्षसम्म प्रदेश सभा सदस्य हुँदा आफुहरुका मुद्दामा मौन बसेको पुथाउत्तरगंगा १० तकका मुलमान बुढाले आरोप लगाउनुभयो । विशेष गरी सदरमुकामका विषयमा मौन बसेकामा उक्त क्षेत्रका स्थानीय रुष्ट छन् । 

मुसिकाेट नगरपालिका

२०७४ सालमा देउवा नेतृत्वको सरकारले रुकुम पूर्वको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ को गोलखाडालाई तोकेको थियो । तर यसका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि सदरमुकाम सार्ने निर्णय कार्यान्वनय हुन सकेको छैन् । अहिले उक्त मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ । 

यस विषयमा सांसद हुँदा ओली मौन बसेकोले उहाँलाई अव कुनैपनि हालतमा सांसद बनाएर पठाउन आफुहरु तयार नरहेको बुढाले बताउनुभयो । साथै उहाँले ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप पनि लगाउनुभयो । निर्वाचन आयोगले कार्तिक १७ गते अघि निर्वाचन प्रचार नगर्नु भनेपनि ओली प्रचारमा लागेकोले समेत रोकेको उहाँको भनाई छ । 

यो क्षेत्र गठबन्धनका तर्फबाट माओवादीलाई भाग परेको छ । माओवादीले तेजबहादुर ओलीलाई दास्रो पटक टिकट दिएको छ । यसबाट असन्तुष्ट बनेर माओवादीकै सुरुल पुनले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । मगर बाहुल यस क्षेत्रका माओवादीकै अधिकांश मगर नेताहरु पुनलाई समर्थन गर्दै खुलेरै लागेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १६:४७
चाैरजहारी चाैरजहारी
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्