Kakhara सबैको खबर सम्पूर्ण खबर
गैरीनेटा मेलाकाे अवसरमा आयाेजित पुरुष भलिबल त्रिवेणी ४ ले जित्याे 
विजेता टिम ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ र मुसीकोट नगरपालिका वडा नम्बर ९ को संगम स्थलमा लाग्ने गैरीनेटा मेला सम्पन्न भएको छ । असोज २९ गते देखि सुरु भएको गैरीनेटा मेला ५ दिन लागेर आज सकिएको हो । त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाले हरेक वर्ष गैरीनेटा मेला आलोपालो आयोजना गर्दै आएका छन । यस पटक मुसीकोट नगरपालिका वडा नम्बर ९ ले मेलाकोे आयोजना गरेको हो ।

मेलामा पुरुष भलिबल, एकल नृत्य, लोकदोहोरी र घैटोफोर खेलकुद प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । पुरुष भलिबल प्रतियोगितामा १९ समुहलाई पछि पार्दै त्रिवेणी गाउँपालिका वडा नम्बर ४ प्रथम भएकाे छ । उसले नगद ५० हजार सहित प्रमाणपत्र हात पारेको छ । दोस्रो स्थान हासिल गर्दै मुसीकोट नगरपालिका वडा नम्बर ११ ले २५ हजार सहित प्रमाणपत्र हात पारेकाे छ ।

तेस्रो भएकाे त्रिवेणी गाउँपालिका वडा नम्बर २ ले १५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै एकल नृत्यमा प्रथम स्थान प्राप्त गर्ने हिमानी ओलीले २ हजार सहित प्रमाणपत्र प्राप्त गर्दा दास्रो स्थान प्राप्त गर्ने प्रन्ता केसीले १५ सय र तेस्रो स्थान प्राप्त गर्ने उषा खड्काले १ हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । लोकदोहोरी प्रतियोगितामा प्रथम हुने उमा बुढाको समुहले ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेकाे छ ।

दोस्रो हुने प्रकाश खड्काले २ हजार र तेस्रो स्थान प्राप्त गर्ने उषा खड्काले १ हजार सहित प्रमाणपत्र प्राप्त गरेकाे आयाेजकले जनाएकाे छ । घैटोफोरमा विजेता हुने हेमन्त बुढाले १ हजार सहित प्रमणपत्र प्राप्त गरेको मेला व्यवस्थापन समितिका सचिव कमल बुढाले बताउनुभयो । मेला असोज ३१ गते समापन गर्ने भनिएपनि पुरुष भलिबल प्रतियोगिता समयमै नसकिएपछि आजसम्म लम्बिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update