Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ५ खेलाडीले जिते राष्ट्रिय मेडल 

गण्डकी प्रदेशको पोखरामा भएको असोज २८ देखि कार्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रुकुम पश्चिमका ५ जनाले मेडल जितेका छन् । कर्णाली प्रदेशबाट विभिन्न विधामा प्रतिस्पर्धा गरेका जिल्लाका ५ जनाले मेडल जितेका हुन् । एक खेलाडीले दोस्रो हुँदै रजत पदक जिते भने ४ जनाले तेस्रो हुँदै कास्य पदक जितेको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले जनाएको छ ।

जिल्लाबाट कुल ३४ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिएकामा आइ.टि.एफ. तेक्वान्दोमा ३, तेक्वान्दोमा १ र जुडोमा एक मेडल प्राप्त भएको हो । आइ.टि.एफ. तेक्वान्दोमा जनकुमार बुढा दोस्रो भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले ६५–७० किलो तौल समुहमा दास्रो हुँदै रजत पदक हात पारेको उहाँले बताउनुभयो । उहाँका अनुसार आइ.टि.एफ. तेक्वान्दो मै महेन्द्र वुढाथोकीले ७०–७५ किलो तौल समुहमा कास्य र कमला विकले ४५–५० किलो तौलमा कास्य पदक जित्नुभयो ।

त्यस्तै तेक्वान्दोकी इला खत्रीले ७३ किलो माथि तौल समुहमा कास्य र जुडोकी हिरा आचार्यले ४८ किलो तौल समुहमा कास्य जितेको बताइएको छ । कर्णालीले २ स्वर्ण सहित कुल १८ पदक जितेको छ । जसमा सबैभन्दा बढी मेडल सुर्खेतका खेलाडीले जितेका छन् । १ स्वर्ण सहित सुर्खेतका ८ खेलाडीले मेडल जितेका छन् । जुम्लाका खेलाडीले १ स्वर्ण र एक रजत जितेका छन् । हुम्ला, मुगु र कालिकोटका खेलाडीले १÷१ मेडल जित्न सफल भए ।।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update