
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ६ को ट्याखोलामा आयोजित फुटबल प्रतियोगिता सल्ले यूनाइटेडले जितेको छ । ट्याखोला खेल मैदानमा बुधबार भएको भएको फाइनलमा आयोजक ‘बि’ टिमलाई पराजित गर्दै सल्ले यूनाइटेड ‘ए’ ले उपाधि जितेको हो ।
सल्ले १–० ले विजयी भएको थियो । उसका लागि संकेत बिसीले गरेको एक मात्र गोल जितका लागि निर्णायक बनेको थियो । बिजेता सल्लेले नगद ३५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप विजेता बनेको आयोजकले १५ हजारमा चित्त बुझाएको छ ।
तिहार लगायतका चाडपर्वको अवसरमा ट्याखोला खेलकुद समितिले प्रतियोगिता आयोजना गरेको हो । कार्तिक ६ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न ठाउँका २१ वटा टिमले प्रतिस्पर्धा गरेको आयोजक समितिका अध्यक्ष बालचन्द्र गिरीले जानकारी दिनुभयो । प्रतियोगिता बुधबार सकिएको छ ।