Kakhara सबैको खबर सम्पूर्ण खबर
३९ औं मगर एकता दिवश
मगर समुदायकाे स्थानीय नाच ।

मगर समुदायले मगर एकता दिवश भव्य रुपमा मनाएका छन् । रुकुम पूर्वको भूमे गाउँपालिका २, को खाबाङ बजारमा विविध कार्यक्रम गरी ३९ औं मगर एकता दिवश मनाएका हुन् । विभिन्न भेषभुषा सहित आएका मगर समुदायले आआफ्नो कला प्रस्तुत गरेका थिए । एकता दिवशलाई सम्बोधन गर्दै पूर्व मन्त्री कमला रोकाले सबै मगर समुदाय एकजुट हुनुमा नै मगर एकता दिवशको औचित्य पुष्टि हुने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएका रोकाले रुकुम पूर्व मगर बाहुल्य क्षेत्र भएकाले मगर समुदायमा एकत्व हुनुपर्नेमा जोड दिनुभयो । ‘यो छुट्टै क्षेत्र हो, यसको आफ्नै पहिचान छ,’ सांसद रोकाले भन्नुभयो, ‘यसमा हामी मगरहरुले मगर हुनुमा गर्व गर्नुपर्छ ।’ देशका हरेक परिवर्तण र आन्दोलनमा मगर समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले अबका परिवर्तण र आन्दोलनमा पनि मगर समुदाय अग्रभागमा रहनका लागि तयार रहेको बताउनुभयो । 

नेपाल मगर संघकी केन्द्रीय सदस्य सविना बुढा मगरले मगर एकता भएको दिनलाई सम्झेर मनाइने एकता दिवशको महत्व अँझै बढेर गएको बताउनुभयो । मगर समुदायको भेषभुषा, संस्कृतिको संरक्षणमा सबैको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला नै मगर समुदायको बाहुल्इता रहेकाले नेपाल मगर संघले विभिन्न ठाउँमा कार्यक्रम गर्ने गरेको अध्यक्ष चन्द्रराज झाँक्री मगरले बताउनुभयो । ३८ औं एकता दिवश सिस्ने गाउँपालिकामा मनाएको भन्दै उहाँले ३९ औं एकता दिवश भूमेका मनाइएको र ४० औं एकता दिवश पुगाउत्तरगंगा गाउँपालिकामा मनाउने निर्णय भइसकेको जानकारी दिनुभयो ।

स्थानीय तहको जनप्रतिनिधिको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै भूमे गाउँपालिका अध्यक्ष रासमुर बुढा मगरले मगर एकता दिवशले मगर समुदायको एकतामा बल पुगेको बताउनुभयो । एकता दिवश मनाउनका लागि भूमे गाउँपालिका छनौट गरेकाप्रति धन्यवाद दिँदै अध्यक्ष बुढाले मगर समुदायको लागि स्थानीय तहको तर्फबाट सकेको सहयोग गर्ने र गर्दै आएको पनि बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update