Top Navigation
शनिबार, माघ २१, २०७९ १०:५३:४२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १०:५३:४२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • नैतिकता भए तेजबहादुर ओलीले राजिनामा दिनुपर्छ
नैतिकता भए तेजबहादुर ओलीले राजिनामा दिनुपर्छ
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, मंसिर १३, २०७९
माया बेकरी माया बेकरी

पृथीछक बुढा

संसारमा जति नै ख्याति कमाउन सकेता पनि अन्तत: पद भन्दा नैतिकता हजारौं गुणा ठुलो हुन्छ । पदको लोभमा यदाकदा नैतिकताको खडेरी लाग्ने नगरेको पनि होइन तर पनि नैतिकता बचाउन सके पद केही हैन भन्दै संसारका धेरै सफल ब्यक्तिहरुले पद त्यागेका उदाहरणहरु देख्न सक्छौं । २०६६ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरण असफल भएपछि नैतिकताको आधारमा राजिनामा दिए । सोही बर्षमै मातृका यादवले पनि आफुले सोचे र चाहे अनुरुप काम गर्न असहज भएको भन्दै नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएका थिए । गएको मंसिर ४ को चुनावमा पराजय भोग्नु परेपछि माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि राजिनामा दिए । सुदर्शन बरालले राजिनामा दिए लगत्तै माओवादी लालकिल्ला भनेर चिनिने रुकुम पूर्बबाट पराजित भएका तेजबहादुर ओलीलाई पनि नैतिक संकटले घेरेको छ । अरु ठाउँबाट हार्नुको ठूलो अर्थ राख्दैनथ्यो तर रुकुम पूर्वमा हार्नुमा ओलीको मात्रै होइन, सिङ्गो पार्टीको प्रतिष्ठासंग जोडिएको छ । त्यसैले रुकुम पूर्ब जिल्ला इन्चार्ज समेत रहेका ओलीले नैतिकताको आधारमा राजिनामा देलान् कि नदेलान् हेर्न बाँकी नै छ ।

ओलीमा त्यति नैतिकता छ जस्तो लाग्दैन । तर जानेर आफै पदबाट राजिनामा दिए भने भविष्यमा उनलाई फाइदा हुनेछ । तर रुकुम पूर्वमा म जतिको कोही छैन भन्ने भ्रम पालेका ओलीले राजिनामा दिने कुरामा सन्देह गर्न सकिन्छ । ओली कत्तिको अहंकारी छन् भन्ने कुरा उनको पछिल्लो अभिव्यक्तिबाट थाहा पाउन सकिन्छ । गएको हप्ता चुनावी मत परिणाम आएको केही मिनेटमै सामाजिक संजाल फेसवुकमा षडयन्त्रपूर्वक ढङ्गबाट आफूलाई हराइएको र हराउनेहरुसंग कुनै घुम्तीमा भेट हुने जस्तो धम्किपूर्ण भावमा एउटा स्टाटस लेखे । सायद अप्रत्याशित रुपमा आएको त्यो जनमतलाई पचाउन उसको पाचन प्रणालीले काम गरेन । त्यसैले उनलाई धकार लाग्यो । माओवादीको खास लालकिल्ला मानिएको रुकुम पूर्जबाट प्रतिनिधि सभामा पूर्ण घर्ती मगरले फराकिलो मतले विजय हात पार्दा प्रदेश सभामा भने तेजबहादुर ओलीले लज्जास्पद हार ब्यहोर्नु पर्‍यो । पार्टी एउटै, चुनाव चिन्ह पनि एउटै । तर कसरी जिते पूर्ण अनि कसरी हारे तेजबहादुर ? यसको कारण माओवादीले खोज्ला नखोज्ला ?

कसैले जनमत उल्टेको भन्ला । यदि त्यो हो भने पूर्णबहादुरले कसरी जिते ? प्रतिनिधि सभाको लागि छानीछानी हसियाहथौड़ामा छाप लगाउने जनसमुदायले प्रदेश सभाको लागि भने छानीछानी बिजुलीको चिममा छाप हाने । यसले रुकुम पूर्बमा तेजबहादुर ओली अलोकप्रिय छन् भनेर प्रमाणित गर्छ । यस्तो अलोकप्रिय ब्यक्तिले नेतृत्व गरेको जिल्ला समितिप्रति जनताले के अपेक्षा गर्छ ? मातहतको संगठन कसरी सुदृढ हुन्छ ? कसरी माक्र्सवादी कार्यकर्ता जन्माउँछ ? एकजना तेजबहादुरकै कारणले आफ्नो आधारक्षेत्रबाट निल खानु पर्‍यो माओवादीले । यस्ता मान्छेलाई अझै पनि माओवादी नेतृत्वले काखी च्याप्छ भने रुकुम पूर्वमा माओवादी विरासत ध्वस्त हुने प्रायः निश्चित छ ।

गएको चुनावमा चैते कार्यकर्ता बाहेक युद्ध लडेका रुकुम पूर्वका सिङ्गो माओवादी युवाहरु एक भए । यसको कारण तेजबहादुर ओलीको कार्यशैली जिम्मेवारी छ । भनिन्छ, जनसम्बन्ध सुधारमा ध्यान दिएनन् । ०७४ सालमा चुनाव जितेपछि एकपटक पनि गाउँ छिरेनन् । रुकुमको विकासमा सिन्को समेत भाँच्चिएन । सबभन्दा ठूलो आरोप त के थियो भने उनि कमिसन र घुसखोरी भए । उनि सर्बसत्तावादी भए। कमिटीको निर्णयलाई उलंघन गरे । उपरोक्त आरोपहरु त मिथ्या हुनसक्लान् तर सिङ्गो जिल्ला समिति र विशाल जनसमुदायको त्यत्रो मतले उनलाई अस्विकार गरिसकेपछि केही गडबड जरुर छ भनेर सजिलै भन्न सकिन्छ । त्यसैले तेजबहादुर ओली माथि नैतिक संकट चुलिएको छ । उनिसङ्ग अलिकति मात्रै पनि नैतिकता छ भने जिल्ला इन्चार्जबाट आफै राजिनामा दिनुपर्छ र नयाँलाई स्थान खाली गरिदिनुपर्छ । यसो गरियो भने रुकुम पूर्वमा संगठनलाई फेरि नयाँ शिरावाट उठाउन सम्भव देखिन्छ ।

मुसिकाेट नगरपालिका

(लेखक माओवादी केन्द्र अन्तरास्ट्रिय विभाग अन्तर्गत पश्चिम एसिया क्षेत्रीय सदस्य हुनुहुन्छ ।)


प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १८:४२
चाैरजहारी चाैरजहारी
#विचार/लेख #विचार/व्लग #विचार #पृथीछक बुढा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मौराखारा गुरिल्ला म्याराथनको प्रथम पुरस्कार १ लाख 
मौराखारा गुरिल्ला म्याराथनको प्रथम पुरस्कार १ लाख 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
रुकुम पश्चिममा डिएसपी नमराज र रुकुम पूर्वमा अञ्जना
रुकुम पश्चिममा डिएसपी नमराज र रुकुम पूर्वमा अञ्जना
सिस्नेको चौंथो राष्ट्रपति रनिङ शिल्ड फागुन ९ देखि 
सिस्नेको चौंथो राष्ट्रपति रनिङ शिल्ड फागुन ९ देखि 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्