Top Navigation
शनिबार, माघ २१, २०७९ ११:५८:३३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:५८:३४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • रुकुम पूर्वमा चुनाव लडेका यि उम्मेदवार जसले धरौटी जोगाउन सकेनन्
रुकुम पूर्वमा चुनाव लडेका यि उम्मेदवार जसले धरौटी जोगाउन सकेनन् विजयी सहित ७ जनाले मात्र १० प्रतिशत मतकाे दायरा कटाए ।
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, मंसिर २१, २०७९
माया बेकरी माया बेकरी

मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा रुकुम पूर्वमा उम्मेदवार बनेका ११ जनाको धरौटी गुमेको छ । १ प्रतिनिधि र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा कुल १८ जना उम्मेदवार रहेकामा ७ जनाले मात्र कुल सदर मतको १० प्रतिशत मत ल्याउन सके । 

१० प्रतिशत मत प्राप्त गर्न नसक्ने ११ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । कार्यालयका अनुसार प्रतिनिधि सभामा ४ र प्रदेश सभामा ७ जनाको धरौटी जफत भएको हो । प्रतिनिधि सभामा राप्रपाका खिमबहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेशनका रतनबहादुर बुढा, नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढा र स्वतन्त्र चन्द्रराज झाँक्रीको धरौटी जफत भएको हो । 

प्रतिनिधि सभा तर्फ कुल २० हजार ७ सय ५३ मत खसेकोमा १९ हजार ७ सय २२ मत सदर भएको थियो । यसको १० प्रतिशत मत नल्याउने ४ उम्मेदवारको धरौटी फिर्ता नहुने भएको हो । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका कैलाशकुमार मल्लको धरौटी जोगिएको छ । 

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ तर्फ स्वतन्त्र उम्मेदवार दुतकुमार पुन, नेकपा एमालेका तेजेन्द्र बुढामगर र मंगोल नेशनल अर्गनाइजेशनका पुरा पुनको धरौटी जफत भएको छ । प्रदेश सभा १ मा कुल १० हजार २ सय ४० मत खसेकोमा ९ हजार ८ सय ७ मत सदर भएको थियो । 

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी हुनुभएको छ । विजयी हुने पुन र उहाँका निकटतम प्रतिद्धन्दि तेजबहादुर ओलीको मात्र धरौटी जोगिएको छ । साथै प्रदेश सभा २ मा ४ जनाको धरौटी गुमेको छ । 

मुसिकाेट नगरपालिका

कुल १० हजार ५ सय १९ मत खसेकोमा १० हजार ९० मत सदर हुँदा त्यसको १० प्रतिशत मत नल्याउने स्वतन्त्र उम्मेदवार केशव रावल, राप्रपाका केशवचन्द्र समाल, मंगोल नेशनल अर्गनाइजेशनका लेखन बुढा र स्वतन्त्र उम्मेदवार पूर्णजंग सिंहको धरौटी जफत भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । 

यो क्षेत्रमा विजयी हुने नेपाली कांग्रेसका धनबहादुर केसी सहित स्वतन्त्र उम्मेदवार नरहरी खड्का र नेकपा एमालेका उम्मेदवार भावना बिसीको जमानत जोगिएको छ । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसके धरौटी जफत हुने प्रावधान रहेको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १६:१९
चाैरजहारी चाैरजहारी
#धराैटी जफत #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्