नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद

कर्णाली प्रदेशमा समानुपातिक तर्फ एउटा मात्र सिट पाएकाे नेकपा एकीकृत समाजवादीले कल्याणि खड्कालाई छनाैट गरेकाे छ । पार्टीले खस आर्य महिला तर्फ खड्काकाे नाम छनाैट गरि निर्वाचन आयाेगमा नाम पठाएकाे हाे । खड्का रूकुम पश्चिम चाैरजहारीकी हुनुहुन्छ । उहाँ पार्टी जिल्ला उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकाे केन्द्रीय सदस्य समेत हुनुहुन्छ । निर्वाचन आयाेगले दलहरूले पाएकाे मतका आधारमा कलष्टर अनुसार नाम सिफारिसका लागि दलहरूलाई आज अपरान्ह ४ बजेसम्मकाे समय दिएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ १८:१०
प्रतिक्रिया दिनुहोस्