Top Navigation
शनिबार, माघ २१, २०७९ १०:५५:१२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १०:५५:१२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
व्यक्ति/व्यक्तित्व
  • Home
  • व्यक्ति/व्यक्तित्व
  • नेताकी श्रीमती भएर सांसद भई भन्नुभयो भने म प्रति ठूलो अन्याय हुन्छ
नेताकी श्रीमती भएर सांसद भई भन्नुभयो भने म प्रति ठूलो अन्याय हुन्छ ठूलो संघर्ष, त्याग र आफ्नै क्षमताले यो अवस्थामा आइपुगेकी हुँ ।
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, पुस ४, २०७९
माया बेकरी माया बेकरी

सक्रिय राजनीतिमा लागेको ३४ वर्षमा सांसद बन्ने अवसर जुरेको छ मिलन खड्कालाई । २०३२ फागुन ८ गते रुकुमको तत्कालिन सिम्ली गाविस वडा नम्बर १ राङजा खामुहालेमा आमा बर्नी खड्का र बुवा दिर्गु खड्काको कान्छी छोरीको रुपमा मिलनको जन्म भयो । उहाँको राजनीतिक जीवन २०४५ सालमा १४ वर्षको उमेर देखि नै सुरु भयो । कक्षा ६ मा अध्यनरत मिलन विद्यार्थी संगठनको राप्ती ज्ञानोदय मावि इकाई सदस्य बन्नुभएकी खड्का कोषाध्यक्ष, सचिव र उपाध्यक्ष समेत बन्नुभयो । साँस्कृतिक मोर्चा र महिला संगठनमा रहेर समेत काम गर्नुभएकी मिलनले २०५३ मा तत्कालिन नेकपा माओवादीको पार्टी सदस्यता लिनुभयो । उहाँलाई त्यतिबेला पार्टीले ‘मासा’ नाम दिएको थियो । पार्टी सदस्यता लिएको एक वर्षपछि २०५४ मा उहाँ अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे सिम्ली, गरायला, अर्मा, पुर्तिमकाँडा र घेत्मा एरिया अध्यक्षको जिम्मेवारीमा पुग्नुभयो । त्यसअघि उहाँले २०५१ देखि २०५२ सम्म ११, १२ पढ्दा विद्यार्थीको शितल उच्च मावि इकाई समितिमा पनि काम गर्नुभयो ।

२०५३ बैशाख देखि २०५५ को भदौसम्म सिम्लीको जनसहयोग प्रावि माथिल्लो आमडाँडामा अस्थायी दरबन्दीमा अध्यापनरत मिलनले सुरक्षाकर्मीको घेरामा परेपछि उक्त घेरालाई तोड्दै ज्यान जोगाउन सफल हुनुभयो । ७ महिनाको गर्भ सहित सुरक्षाकर्मीको घेरा तोडेर भाग्न सफल मिलन विद्यालय छाडेर माओवादीको पूर्णकालिन सदस्य बन्नुभयो । २०५५ भाद्र ४ गतेदेखि पूर्णकालिन बन्नुभएकी मिलनले त्यसको केही महिनापछि श्रीमान गुमाउनुपर्यो । २०५५ कार्तिक २ गते सिम्लीको फुक्रुटाकुरामा उहाँका श्रीमान टिकाराम ओली सहित केही व्यक्तिको सामुहिक हत्या भएको थियो । श्रीमानको हत्या भएको १ महिनापछि मंसिर १९ गते उहाँले छोरी आधारलाई जन्म दिनुभयो । श्रीमान गुमाएको पीडा एकातिर र छोरीलाई हुर्काउनुपर्ने जिम्मेवारी अर्कोतिर त छँदै थियो तर उहाँले पार्टीको जिम्मेवारीलाई छाड्नुभएन । छोरीलाई मावलीमा राखेर उहाँले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनुभयो । यो विचमा उहाँले २०५५ देखि २०५७ सम्म पुर्तिमकाँडा इन्चार्ज भएर काम गर्नुभयो । त्यसपछि अर्मा गाविस इन्चार्ज हुनुभएकी मिलन २०५६ देखि २०५८ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सदस्य, सचिव, कोषाध्यक्ष र उपाध्यक्ष सम्मको जिम्मेवारीमा पुग्नुभयो । २०५८ मा भएको छैटौं जिल्ला सम्मेलनबाट उहाँ महिलाको जिल्ला अध्यक्ष समेत बन्नुभयो र २०६१ असोजसम्म यो जिम्मेवारीमा रहनुभयो ।

‘म १५ वर्षकै उमेर देखि राजनीतिमा सक्रिय छु, मैले राजनीतिमै जीवन विताएको ३४ वर्ष भइसकेको छ, उहाँले भन्नुभयो–तर मान्छेले नबुझि हलुका ढंगले टिम्पनी गरेको मलाई चित्त बुझेको छैन् ।’

२०६१ मा उहाँकाे पार्टीका नेता गोविन्द रोका सचिनसंग दोस्रो विवाह भयाे । त्यसको भोली पल्टै उहाँलाई पार्टीले सरुवा गरेर गण्डक क्षेत्रको पाल्पा जिल्लामा खटायो । पार्टीको  ‘ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति’ अन्तरगत उहाँले २०६१ देखि २०६३ सम्म पाल्पामा काम गर्नुभयो । त्यहाँ एरिया इन्चार्ज, जिल्ला सचिवालय सदस्य भएर काम गरेको अहिलेपनि सम्झना छ मिलनलाई । पाल्पामै काम गरिरहेका बेला उहाँ अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य बन्नुभयो । त्यसअघि किसान महासंघको केन्द्रीय सदस्यमा महिला पुगेका थिएनन् । २०६३ को अन्तिमतिर उहाँ जिल्ला फर्किनुभयो । पार्टीले नुवाकोट र पेउघा एरिया इन्चार्ज बनायो । सोही अवधिमा उहाँलाई अखिल नेपाल किसान महासंघको सल्यान, रुकुम इन्चार्जको जिम्मेवारी पनि थियो । त्यसपछि उहाँ २०६४ मा मगरात राज्य समिति सदस्य भन्नुभयो । २०६५ मा उहाँको सरुवा नेवा राज्यको काठमाडौंमा भयो । त्यहाँ पार्टी र किसानको जिम्मेवारीमा रहेर काम गर्नुभयो ।

२०६८ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनुभएकी खड्का २०७२ को मंसिरतिर पुनः जिल्ला फर्किनुभयो । २०७६ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीको रुकुम इन्चार्ज भएर काम गर्नुभयो । गत वर्ष भएको पार्टीको प्रदेश सम्मेलनबाट कर्णाली प्रदेश सदस्यको जिम्मेवारी पाउनुभएकी मिलनलाई पार्टीको केन्द्रीय अनुशासन आयोगको जिम्मेवारी समेत छ । महिलाको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । उनै खड्का मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फ कर्णाली प्रदेश सभा सदस्य बन्नुभएको छ । 

मुसिकाेट नगरपालिका

वडा सदस्यबाट राजिनामा दिएर प्रदेश सांसद 
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मिलन नेकपा माओवादी केन्द्रको तर्फबाट रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ को वडा सदस्यमा निर्वाचित हुनुभयो । ६ सय ८६ मत पाउँदै उहाँ वडासदस्यमा निर्वाचित हुनुभएको थियो । तर गत असोज १ गते नै उहाँले वडा सदस्यबाट राजिनामा दिनुभयो । पार्टीले सामानुपातिक सांसदका लागि सिफारिस गर्ने निश्चित भएपछि उहाँले राजिनामा दिनुभएको थियो । असोज ३ गते पार्टीले समानुपातिक उम्मेदवारको नाम आयोगमा सिफारिस गर्यो र त्यसमा एक नाम थियो मिलन खड्का । आयोगले असार १६ गते समानुपातिक उम्मेदवारको बन्दसुचि सार्वजनिक गर्दा उहाँको नाम कर्णाली प्रदेश सभा सदस्यका लागि खस आर्य महिला तर्फ दोस्रो नम्बरमा थियो । माओवादीले प्रदेशमा कुल ४ वटा सिट पाएकामा खस आर्य महिलाबाट २ जनालाई प्रदेश सरकारमा पठाउने निर्णय गरेपछि मिलनलाई राजनीतिमा सक्रिय भएको ३४ वर्षपछि सांसद बन्ने अवसर जुरेको हो । यसरी वडासदस्यमा निर्वाचित मिलन राजिनामा दिएर प्रदेश सांसद बन्नुभएको छ । 

नेताकी श्रीमती मात्र भनेर प्रचार गर्नु म प्रतिको ठूलो अन्याय हो 
मिलनका श्रीमान गोविन्द रोका सचिन अहिले नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको जिल्ला संयोजक हुनुहुन्छ । गत वर्षमात्र खुला राजनीतिमा आउनुभएका रोका त्यसअघि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । अहिले धेरैले नेताको श्रीमती भएर समानुपातिक तर्फ सांसद भएको भन्दै आलोचना भइरहेको तर्फ लक्षित गर्दै मिलनले आफ्नो योगदान र त्यागलाई नबुझि मान्छेहरुले हलुका टिप्पनी गरिरहेको बताउनुभयो । ‘म १५ वर्षकै उमेर देखि राजनीतिमा सक्रिय छु, मैले राजनीतिमै जीवन विताएको ३४ वर्ष भइसकेको छ, उहाँले भन्नुभयो–तर मान्छेले नबुझि हलुका ढंगले टिम्पनी गरेको मलाई चित्त बुझेको छैन् ।’ आफु नेताको श्रीमती मात्र नभएर नेपालको मुक्ति आन्दोलनमा जीवन समर्पन गरेको एक यौद्धा भएको उहाँको भनाई छ । ठूलो संघर्ष, त्याग र आफ्नै क्षमताले यो अवस्थामा आइपुगेको भन्दै उहाँले नेताको श्रीमती भएर अवसर पाएको भन्नु जति हाँस्यास्पद अरु केही नहुने बताउनुभयो । 

सकेको काम गर्छु 
सांसद पद पाउनुलाई उहाँले पार्टीले आफ्नो योगदानको कदर गरेको रुपमा बुझ्नुभएको छ । प्रदेश सांसद बनेपछि मिलनले उपेक्षित वर्ग, लिंग, समुदाय, जाती लगायत सिमान्तकृतहरुका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘अहिले नै यो गर्छु वा त्यो गर्छु भन्नुभन्दा पनि पाएको अवसर र अधिकार क्षेत्रको प्रयोग गरेर कुनै न कुनै उपलब्धी मुलक काम गर्छु उहाँले भन्नुभयो ।’ साथै उहाँले राजनीतिबाट आजित जनतालाई राजनीति प्रति विश्वस्त तुल्याउन धेरै काम गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।


प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १६:५९
चाैरजहारी चाैरजहारी
#सांसदका कुरा #मिलन खड्का #सांसद
प्रतिक्रिया दिनुहोस्
थप व्यक्ति/व्यक्तित्व
त्रिवेणीमा पनि मत गणना थालियो
त्रिवेणीमा पनि मत गणना थालियो शनिबार, वैशाख ३१, २०७९
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान 
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान  शुक्रबार, वैशाख ३०, २०७९
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट  
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट   शुक्रबार, असार २५, २०७८
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ?
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ? मंगलबार, असार २२, २०७८
बाँफिकोट गाउँपालिकाको बजेट पास 
बाँफिकोट गाउँपालिकाको बजेट पास  आइतबार, असार २०, २०७८
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड  
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड   मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ)
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै 
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै  मंगलबार, असार १५, २०७८
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मौराखारा गुरिल्ला म्याराथनको प्रथम पुरस्कार १ लाख 
मौराखारा गुरिल्ला म्याराथनको प्रथम पुरस्कार १ लाख 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
रुकुम पश्चिममा डिएसपी नमराज र रुकुम पूर्वमा अञ्जना
रुकुम पश्चिममा डिएसपी नमराज र रुकुम पूर्वमा अञ्जना
सिस्नेको चौंथो राष्ट्रपति रनिङ शिल्ड फागुन ९ देखि 
सिस्नेको चौंथो राष्ट्रपति रनिङ शिल्ड फागुन ९ देखि 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्