Top Navigation
शनिबार, माघ २१, २०७९ १२:२१:१६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १२:२१:१६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #साँख गाउँ
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
समाज
  • Home
  • समाज
  • दियो साँस्कृतिक युवा क्लव ११ औं वर्षमा प्रवेश
दियो साँस्कृतिक युवा क्लव ११ औं वर्षमा प्रवेश
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, माघ ४, २०७९
माया बेकरी माया बेकरी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको दियो साँस्कृतिक युवा क्लव ११ औं वर्षमा प्रवेश गरेको छ । क्लवले आज वार्षिकोत्सवको अवसरमा चियापन, शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम संचालन गरेको छ । 

क्लवलाई यो स्थानसम्म ल्याउन सहयोग गरेको भन्दै क्लवका विशिष्ट आजीवन सदस्य शिवराम खत्री, बालाराम पुन र मनबहादुर खत्रीलाई सम्मान गरिएको क्लवका अध्यक्ष टेकवहादुर खड्काले जानकारी दिनुभयो । त्यस्तै क्लवका सदस्य तथा राष्ट्रिय तेक्वान्दो खेलाडी इला खत्रीलाई पनि क्लवले सम्मान गरेको छ । 

क्लवलाई विभिन्न समयमा १० हजार भन्दा माथिको सहयोग गर्ने मल्ल हार्डववेर मुसिकोट ५, आशा ट्रेडर्स मुसिकोट १ र एसियन होटल मुसिकोट १ लाई समेत क्वलको वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको अध्यक्ष खड्काले बताउनुभयो । २०६९ माघ ४ गते स्थापना भएको क्लवले विभिन्न सामाजिक काम गर्दै आएको छ । 

क्लव जिल्लामा हुने मेला पर्वमा साँस्कृतिक कार्यक्रम लिएर जाने गरेकाे छ । क्लवले एम्बुलेन्स समेत संचालन गरिरहेको छ । त्यस्तै विभिन्न विपन्न र दुःखमा परेका व्यक्तिहरुलाई क्लवले सहयोग गरिरहेको छ भने क्लवको आफ्नै भवन रहेको छ । क्लवका अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षतामा दिवस विशेष कार्यक्रम भएको थियो । 

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख, वडाध्यक्ष दिनेश खड्काको विशेष र पूर्व वडाध्यक्ष काशिराम खड्का, मुसिकोट नगरपालिकाका लेखा अधिकृत नरेन्द्र बिष्ट लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन क्लवका सचिव सुरेश खत्रीले गर्नुभएको थियो ।
 

मुसिकाेट नगरपालिका


प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १७:१८
चाैरजहारी चाैरजहारी
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्