Top Navigation
मंगलबार, चैत ७, २०७९ ०१:०५:४३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ ०१:०५:४३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
समाज
  • Home
  • समाज
  • डेढ वर्ष देखि अलपत्र मध्यपहाडी लाेकमार्गकाे पातिहाल्ने–लुकुम खण्डको काम सुरू हुँदै  
डेढ वर्ष देखि अलपत्र मध्यपहाडी लाेकमार्गकाे पातिहाल्ने–लुकुम खण्डको काम सुरू हुँदै  
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, माघ १२, २०७९
डेढ वर्ष देखि अलपत्र अवस्थामा रहेको रुकुमपूर्व भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको मध्यपहाडी लोकमार्ग । तस्बिरः कखरा । 

राष्ट्रिय गौरवको आयोजना मध्येको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र परेको छ । १३ किलोमिटर लामो रहेको पातिहाल्ने–लुकुम खण्डको कालोपत्रे तयारीको काम अलपत्रमा परेको हो । आर्थिक वर्ष २०७२/०७३ मा कालोपत्रे तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्ष देखि काम अलपत्रमा परेको छ । कालोपत्रेका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्क विहीन भएको छ । 


कालोपत्रेका लागि ठेक्का पाएको निर्माण व्यवसाय डेढ वर्ष देखि काम अलपत्रमा पारेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनियर हुमनाथ पौडेलले बताउनुभयो । “कालोपत्रेका लागि पटकपटक ताकेता गरिराखियो तर, निर्माण व्यवसायले समयमै काम सम्पन्न गर्न सकेन्न” पौडेलले भन्नुभयो –“तर, पछिल्लो समयमा ठेकेदार सम्पर्क विहीन भयो ।” 

यस खण्डमा कालोपत्रेको लागि ३८ करोड रुपैयाँ हाराहारी बजेट रहेको थियो । उक्त बजेट हाल ३० करोड हाराहारीको काम भएको पौडेलको भनाइ रहेको छ । ३० करोड बजेट खर्च हुँदा हाल सम्म ८२ प्रतिशत काम भएको इञ्जिनियर पौडेलले बताउनुभयो । कालोपत्रेका लागि ग्रावेल, नाली कटिङ, ग्याविन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । 


कामको जिम्मा पाएको ठेकेदार सम्पर्क विहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो । उक्त सूचना प्रकाशन भएपछि सिद्धिशाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इञ्जिनियर पौडेलले जानकारी दिनुभयो । समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीन पटक सम्म म्याद थप गरिसकिएको छ  । अहिले चौथो पटक आउँदो असार मसान्त सम्म म्याद थप गरिएको छ । 

काम अलपत्रमा पारी काम गर्न जिम्मा पाएको निर्माण व्यवसाय सम्पर्क विहीन भएपछि खिन्टी महादेव कन्स्ट्रक्सन काम गर्न सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । खिन्टी महादेव कन्स्ट्रक्सनलाई काम गर्न स्थानीयले तत्कालै काम नगर्न अनुरोध गरेका थिए । यसअघि काम गरेका मजदुरलाई सिद्धिशाहीले काम गरे वापतको ज्याला नदिएको स्थानीय मजदुरले बताएका छन् । मजदुरले काम गरे वापतको पैसा नपाउनु दुःखद कुरा भएको प्रजिअ सुनुवारले बताउनुभयो । नयाँ आएको निर्माण व्यवसायलाई काम गराउन बुधबार जिल्ला स्थित जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीयसँग छलफलबाट सहमति भएको उहाँले बताउनुभययो । 

महाेत्सव


यस अघि ज्याला नपाएका मजदुरलाई यकीन हिसाबकिताब जिल्ला प्रशासनमा पेश गर्न प्रजिअले आग्रह गर्नु भएको छ । यकीन हिसाबकिताबको आवश्यक कागजपत्रको आधारमा सम्पर्क विहीन रहेको सिद्धिशाही कन्स्ट्रक्सनलाई सम्पर्कमा ल्याइ मजदुरीलाई ज्याला दिलाउनेमा प्रशासनको तर्फबाट आफू हरदम तयार रहेको प्रजिअ सुनुवारले मजदुरीलाई विश्वास दिलाउनु भएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्