Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:४५:४७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:४५:४८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • मौराखारा गुरिल्ला म्याराथनको प्रथम पुरस्कार १ लाख 
मौराखारा गुरिल्ला म्याराथनको प्रथम पुरस्कार १ लाख 
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, माघ १४, २०७९
फाइल फाेटाे ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा हरेक वर्षको फागुन १ गते आयोजना हुँदै आएको मौराखारा गुरिल्ला म्याराथनको पुरस्कार यो वर्ष बढाइएको छ । गाउँपालिकाले यो वर्ष म्याराथनको पुरस्कार बढाएको हो । 

४६ किलोमिटर दुरि रहेको पुरुष म्याराथनको विजेताले नगद १ लाख पुरस्कार पाउने आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । द्धितियले ७५ हजार पुरस्कार पाउँदा तृतियले ४५ हजार र चौंथो हुनेले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको दशौं स्थानसम्म हाँसिल गर्ने प्रतियोगीले जनही ३ हजार पुरस्कार पाउने गाउँपालिकाको भनाई छ । 

त्यस्तै २१ किलोमिटर दुरिमा संचालन हुने महिला गुरिल्ला म्याराथनको विजेता पुरस्कार नगद ६० हजार तोकिएको छ । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १० हजार र दशौं स्थान सम्मकालाई जनही ३ हजार दिने गाउँपालिकाको भनाई छ । 

गत संस्करणमा पुरुष तर्फ प्रथम पुरस्कार ८० हजार, द्धितिय पुरस्कार ५५ हजार, तृतिय पुरस्कार ३५ हजार र शान्त्वना पुरस्कार १० हजार थियो भने महिला तर्फ प्रथम पुरस्कार ५५ हजार, द्धितिय पुरस्कार ४० हजार, तृतिय पुरस्कार २० हजार र शान्त्वना पुरस्कार १० हजार थियो ।  

प्रतियोगितालाई राष्ट्रव्यापी बनाउन र यसको महत्वलाई बढाउनका लागि थप व्यवस्थित बनाउदै लैजाने क्रममा यो वर्षेनी पुरस्कार प्रतियोगिताको पुरस्कार राशि बढ्दो क्रममा रहेको गाउँपालिका अध्यक्ष विर्खवहादुर विष्टले जानकारी दिनुभयो । गाउँकार्यपालिकाले प्रतियोगिताको तयारीका लागि कार्यपालिका प्रवक्ता पहलसिंह घर्तीलाई जिम्मा दिएको छ । 

महाेत्सव

सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोलाई नक्सांकन गरेर त्यसमा म्याराथन संचालन गर्दै आएको छ । गाउँपालिकाको प्रशासनीक केन्द्र सिम्ली देखि जनयुद्धका समयमा माओवादी सेना उत्पादन भएको ठाउँ मौराखारा लेकसम्म पुग्ने गरी म्याराथनको रुट तय गरिएको छ । 

उक्त रुटमा धावकहरुलाई दौडाइन्छ । यो प्रतियोगिताको पाँचौ संस्करण हो । गत वर्ष भने कोभिड–१९ का कारण प्रतियोगिता हुन सकेको थिएन् । यस संस्करणको आयोजक गाउँपालिका रहेको छ भने सह आयोजक युवा, खेलकुद विकास समिति सानीभेरी रहेको छ ।
 


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १०:४३
#गुरिल्ला म्याराथन
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्