Top Navigation
आइतबार, असोज ७, २०८० ०३:४३:५८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:४३:५८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • रुकुम पूर्वमा तीन कुष्ठरोगी, निवारणमा चुनौती
रुकुम पूर्वमा तीन कुष्ठरोगी, निवारणमा चुनौती
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, माघ १६, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
विश्व कुष्ठरोग दिवसमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा सहभागीहरू । तस्बिरः कखरा । 

रोग नियन्त्रण भएको भनिएको १३ वर्षपछि रुकुमपूर्वमा कुष्ठरोगी देखिन थालेका छन् । नेपाल सरकारले वि.सं. २०६६ सालमै कुष्ठरोग निवारण गरेपछि दशक सम्म यो रोगको परीक्षण भएको थिएन । चालु आर्थिक वर्षमा हाल तीन जना बिरामी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी निमप्रसाद गिरीले बताउनुभयो । 

सिस्ने गाउँपालिकामा दुई, पुथाउत्तरगंगा गाउँपालिकामा एक गरी जिल्लामा तीन कुष्ठरोगीले औषधि सेवन गरिराखेको गिरीले जानकारी दिनुभयो । यो संख्या आफै स्वास्थ्य संस्थाको सम्पर्कमा आएको उहाँले बताउनुभयोे । खोजी अभियान अझै जारी रहेको गिरीले बताउनुभयो । कुष्ठरोग लागेकाहरूले नियमित औषधि सेवन गरेमा अन्यमा नसर्ने गिरीले  जानकारी दिनुभयो । 


कुष्ठरोगप्रति सामाजिक भेदभाव बढी भएकाले त्यसबारे सचेतना ल्याउनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख नाराणयप्रसाद चौधरीले बताउनुभयो । ‘यो ब्याक्टेरियाबाट सर्ने रोग भएकाले धार्मिक अन्धविश्वासबारे भ्रम चिर्नुपर्छ’ उहाँले भन्नुभयो ‘औषधि खान थालेपछि सर्ने दर ९९ प्रतिशत घट्छ ।’ बिरामीले आफ्नो समस्या निको हुनका लागि मात्रै ६ महिनादेखि १ वर्षसम्म औषधि सेवन गर्नुपर्छ ।


शरीरमा लाटो फुस्रो दाग देखिएमा कुष्ठरोगको सम्भावना रहन्छ । त्यस्ता मानिसले समयमै जचाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्् । कुष्ठरोग लागेपछि शरीरका अंगले घाउ भएको समेत थाहा नपाउने भएकाले अन्य संक्रमणको जोखिम पनि उत्तिकै रहेको छ । कुष्ठरोगलाई जनस्वास्थ्यको साझा समस्याको रुपमा लिएर फेरि उपचार र खोजी अभियान थाल्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ रहेको छ । 


स्वास्थ्य कार्यालय, रुकुमपूर्वको आयोजनामा ७० औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार रुकुमकोटमा आयोजित पत्रकारसँगको अन्तरक्रिया राखिएको थियो । सरकारले कुष्ठरोगीका लागि निःशुल्क औषधि र यातायात खर्च उपलब्ध गराएको छ । समयमा उपचार नगरे अपाङ्गता हुने खतरा हुने गरेको समेत स्वास्थ्यकर्मीको भनाइ रहेको छ । 

 


प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:२७
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्