
रुकुम पूर्वको भूमे गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड संचालन सचिवालय स्थापना गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच सचिवालयको उद्घाटन गरिएको हो । आगामी फागुन ८ गते देखि संचालन हुन लागेको गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्डलाई व्यवस्थित र शान्तिपूर्ण तरिकाले संचालन गर्न सचिवालय स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्ड सचिवालय वडा नम्बर ६ को जनजागृती मावि महतमा स्थापना गरिएको छ । रनिङ शिल्ड पनि यही वडामा संचालन हुने छ । शिल्ड संचालन, व्यवस्थापन तथा निर्देशक समितिले सचिवालय स्थापना गरेको हो । यो सचिवालयले राष्ट्रपति रनिङ शिल्डको लागि विद्यालयहरूले सहभागी बनाएका छात्र, छात्राहरु खेल निर्देशिका अनुसार भए नभएको छानबिन गर्ने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत कौशलकुमार तिवारीले जानकारी दिनुभयो ।
शिल्डमा गाउँपालिका ८ वटा माध्यामिक विद्यालयले सहभागिता जनाउने छन् । भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षतामा भएको सचिवालय उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविना बुढा, ६ वडा अध्यक्ष विक्रम पुन, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कौशलकुमार तिवारी, ८ वटा माविका प्रधानाध्यापक लगायतको उपस्थिति हरेको थियो ।