Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:४३:२९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:४३:२९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कर्णालीको मुख्य दुस्मन गरिबी होः मुख्यमन्त्री शर्मा 
कर्णालीको मुख्य दुस्मन गरिबी होः मुख्यमन्त्री शर्मा 
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, फागुन २, २०७९

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको र गरिबी निवारण सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । 

कसरी वेरोजगार मुक्त प्रदेश बनाउने भनेर आफ्नो कार्यकाल भरिमा योजना बनाएर अघि बढ्ने उहाँको भनाई छ । यसको सुरुवात गरिसकेको उहाँले बताउनुभयो । आफुले पदभार ग्रहण गर्दा एक वर्षमा १० हजार वेरोजगारलाई रोजगारी दिने निर्णयमा हस्तारक्षर गरेको उहाँले बताउनुभयो । रोजगारीसंग जोडेर पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने उहाँले स्पस्ट पार्नुभयो । 

‘हामीले गरिबी अन्त्य गर्ने भनेका छौं, यसका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौं, उहाँले भन्नुभयो–शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भनेका छौं ।’ विकटलाई निकट बनाउन प्रदेश सरकारले सडक पूर्वाधारलाई प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो । बर्दियाको भुरिगाउँ देखि चीनको सीमाना ताक्लाकोटसम्म जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो । 

लुम्बिनी प्रदेश देखि चीनको सीमानासम्म सडक जोडर कर्णाली प्रदेशलाई सुगम बनाउन व्यवस्थित सडक बनाउने, कर्णाली करिडोर र भेरी करिडोरलाई डोल्पाको धो सम्म पुर्याउने, मध्यपहाडी लोकमार्गलाई टनेलबाट जुम्ला पुर्याउने, राप्ती राजमार्गरलाई रुकुम पश्चिमको छरेवगरसम्म व्यवस्थित गर्ने र लुम्बिनी देखि रारा जोड्ने योजनालाई प्राथमिकता दिइएको मुख्यमन्त्री शर्माले बताउनुभयो ।  

महाेत्सव

कर्णालीमा राजनीतिक संघीयता आएपनि वित्तीय र प्रशासनीक संघीयता अझै आइनसकेको समेत उहाँले बताउनुभयो । मानव सुचकांकमा पछाडि परेको कर्णालीलाई माथि उठाउन संघीयता व्यवहारमै लागु हुनुपर्ने भनाई उहाँको छ । साधान स्रोतका आधारमा कर्णाली निकै सम्पन्न भएपनि त्यसको परिचालन सही रुपमा हुन नसक्दा कर्णालीले लाभ लिन नसकिरहेको उहाँको बुझाई छ । 

जल, जमिन, खानी, पर्यटन, धार्मिक सम्पदाहरुको उच्चतम प्रयोग गर्न सकिने तर्फ पनि आफ्नो ध्यान केन्द्रीत गर्ने उहाँको भनाई छ । प्रविधिमैत्री शिक्षा, कृषिमा व्यवसायीकरण, वडास्तर सम्मै सहज र गुणस्तरीय स्वास्थ्य सेवा, थप मेडिकल कलेज स्थापना जुरुरी रहेको उहाँले बताउनुभयो । कर्णालीको समग्र विकासका लागि खाका कोर्ने काम भइरहेको र यसका लागि एउटा कार्यदल नै बनाएर काम भइरहेको समेत उहाँले जानकारी गराउनुभयो । 

साथै उहाँले प्रदेशलाई काम गर्न नदिने र प्रदेश अफसल भए अव संघीयता भारी भयो भनेर हल्ला नफैलाउन सबैलाई आग्रह गर्नुभयो । प्रदेश सरकारलाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाएर काम गर्न दिनुपर्ने उहाँको भनाई छ । प्रदेशलाई संघको इकाईका रुपमा हेर्दासम्म प्रदेशले देखिने गरी विकासको अनुभुति दिलाउन नसक्ने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: kakha[email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्