
त्रिवेणी गाउँपालिका कार्यसम्पन्न मुल्यांकनमा रुकुम पश्चिममा पहिलो भएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा त्रिवेणी सबैभन्दा बढी अंक ल्याएर पहिलो बनेको हो । उसले कुल ७२.२९ अंक प्राप्त गरेको छ ।
विभिन्न १७ वटा सुचकका आधारमा मुल्यांकन हुने गरेको छ । जसमा त्रिवेणी ७० भन्दा बढी अंक हाँसिल गर्ने रुकुम पश्चिमको एक मात्र स्थानीय तह समेत बनेको छ । त्यस्तै आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाको अंक हाराहारीमा छ ।
आठबीसकोटले ७०.९३, चौरजहारीले ७०.९० र सानीभेरीले ७०.४१ अंक पाएको छ । बाँफिकोट गाउँपालिको अंक ६८.९७ र मुसिकोट नगरपालिकाको सबैभन्दा कम ६६.७९ अंक रहेको छ ।
स्थानीय तहको हकमा समयमा बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्या लगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ ।