Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला स्तरीय रनिङ शिल्ड चौरजहारीमा 

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड चौरजहारीमा हुने भएको छ । जिल्ला खेलुकद विकास समिति रुकुम पश्चिमको आयोजनामा चौरजहारी नगरपालिका वडा नम्वर २ मा रहेको शितल माविमा शिल्ड हुन लागेको हो । पालिका स्तरीय शिल्ड संचालन भएपछि जिल्ला स्तरिय शिल्ड आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

शिल्डमा विभिन्न विधामा प्रतिस्पर्धा हुने छ । शिल्डमा छात्र, छात्रा भलिवल, एथ्लेटिक्स तर्फ ट्रयाक दौड छात्र÷छात्रा, उफ्रने र फाँक्ने तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, ८ पाउण्ड र १२ सय पाउण्ड सटफुट हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । 

छात्र÷छात्रा मार्सलआर्ट र कराते पनि आयोजना गरिएको छ । शिल्ड १२ गते देखि १४ गतेसम्म संचालन हुने छ । शिल्डामा कति पालिकाले भाग लिने भन्ने भने निश्चित छैन् । पालिका स्तरीय शिल्ड संचालन गरेका पालिकाले मात्र शिल्डमा भाग लिन पाउने ढकालले बताउनुभयो । अहिलेसम्म सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाले मात्र शिल्ड सकाएका छन् । 

बाँफिकोटमा आजबाट सुरु भएको छ भने चौरजहारीमा भोलीबाट शिल्ड हुन लागेको खेलकुद विकास समितिले जनाएको छ । मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा भने शिल्ड हुने कि नहुने निश्चित सूचना आइनसकेको कार्यालय सचिव ढकालले बताउनुभयो । उहाँका अनुसार जति पालिकाले शिल्ड संचालन गर्छन तिनै पालिकाले जिल्ला स्तरीय शिल्डमा भाग लिने छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update