Top Navigation
मंगलबार, चैत ७, २०७९ ०१:२४:३१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ ०१:२४:३१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • त्रिवेणीका शिक्षकलाई प्रविधि सम्बन्धी क्षमता विकास तालिम  
त्रिवेणीका शिक्षकलाई प्रविधि सम्बन्धी क्षमता विकास तालिम  
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, फागुन ११, २०७९

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आधारभूत तथा माध्यमिक विद्यालयका स्रोत शिक्षकलाई सूचना प्रविधि सम्बन्धी पाँच दिने क्षमता विकास तालिम दिएको छ । गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयमा कार्यरत कम्प्युटर शिक्षक र आइटी फोकल पर्सनहरुलाई तालिम दिइएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । 

विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन यसअघि लिइएको लक्ष्य अनुसार विद्यालयमा कार्यरत कम्प्युटर र आइटी स्रोत शिक्षकहरुको क्षमता विकास गर्न गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम अनुसार तालिम आयोजना गरिएको हो । गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले व्यवहारमै देखिने गरी परिवर्तन ल्याउन तालिमको आयोजना गरिएको बताउनुभयो । 

सिकेका कुराहरुलाई शिक्षक तथा आइटी फोकल पर्शनले आफ्नो विद्यालयमा लागु गर्ने विश्वास उहाँको छ । तालिमले विद्यालयलाई थप प्रविधिमैत्री बनाउन भूमिका खेल्ने विश्वास गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले करकापले नभई कुनै पनि सीप सिक्न इच्छाशक्ति हुनुपर्ने बताउँदै शिक्षकहरुमा उक्त जोस जाँगर हुन जरुरी रहेको बताउनुभयो ।  

त्यसै अन्तर्गत गाउँपालिकाले क्षमता विकास तालिमको आयोजना गरेको उहाँको भनाई छ । तालिममा बोल्दै गाउँपालिका सामाजिक विकास समितिका संयोजक रनबहादुर पुनले शिक्षकहरुले दिइएको जिम्मेवारी पुरा गर्नुपर्ने र राज्यले गरेको लगानीको प्रतिफल देखिने गरी काम गर्नुपर्ने बताउनुभयो । यसका लागि गाउँपालिकाले विद्यालय अनुगमणलाई तिव्रता दिएको र कुनै कमजोरी भेटिएमा कारवाही गर्ने उहाँको भनाई छ ।

त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा फागुन ६ गते शनिबार सुरु भएको तालिमको सहजिकरण शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्राविधिक सहायक डायमण्ड पुन, त्रिवेणी माध्यमिक विध्यालयका कम्प्युटर शिक्षक गम्भिरमान पुन, गाउँपालिकाका सूचना अधिकृत युवराज गिरी लगायतले गर्नुभएको थियो । 

महाेत्सव

५ दिने तालिममा गाउँपालिकाका आधारभूत र माध्यमिक विद्यालयका गरी ४५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई सूचना व्यवस्थापन प्रणालीमा विद्यालय र विद्यार्थीको विवरण प्रविष्ट, पावरपोइन्ट स्लाइड निर्माण तथा प्रस्तुतिकरण, इमेल इन्टरनेटको प्रयोग, सामाजिक लेखापरीक्षण रिपोर्ट कार्ड निर्माण, दीवा खाजा र विद्यालय सुशासन लगायतका विषयमा शिक्षकहरुलाई सिकाइएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत ओवीराम रोकाले जानकारी दिनुभयो । तालिम बुधबार सम्पन्न भएको हो ।
 


प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्