Kakhara सबैको खबर सम्पूर्ण खबर
१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड चौरजहारीमा सुरु 

रुकुम पश्चिमको १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको शितल माध्यमिक विद्यालयमा आजदेखि शिल्ड सुरु भएको हो । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको शिल्डको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले उद्घाटन गर्नुभयो । 

शिल्डमा जिल्लाका ४ वटा स्थानीय तहले भाग लिएका छन् । पालिका स्तरीय शिल्ड संचालन गरेका पालिकाहरुले मात्र शिल्डमा भाग लिन पाउने व्यवस्था अनुसार शिल्ड संचालन गरेका स्थानीय तहका विद्यार्थीहरु जिल्ला स्तरीय शिल्डमा सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

खेलकुद विकास समितिका अनुसार जिल्लाका मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका वाहेक अन्य स्थानीय तह चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाले शिल्डमा भाग लिएका छन् । पालिका स्तरीय शिल्डमा विजयी खेलाडीहरुले जिल्ला स्तरीय शिल्डमा प्रतिस्पर्धा गर्न पाउँछन् । 

शिल्डमा ४ वटा स्थानीय तहका करिब डेढसय विद्यार्थीहरु सहभागी भएको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका कार्यालय सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो । शिल्डमा विभिन्न विधामा प्रतिस्पर्धा हुने छ । छात्र, छात्रा भलिवल, एथ्लेटिक्स तर्फ ट्रयाक दौड, रिले दौड, उफ्रने र फाँक्ने तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, ८ पाउण्ड र १२ सय पाउण्ड सटफुट हुने ढकालले बताउनुभयो । 

त्यस्तै छात्र÷छात्रा मार्सलआर्ट र कराते प्रतियोगिता पनि हुने छ । आज पहिलो दिन उद्घाटन समारोह संचालन भएको छ भने भोलीबाट प्रतिस्पर्धा सुरु हुने बताइएको छ । शिल्ड फागुन १४ गतेसम्म संचालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्ला खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष गोविन्द ओलीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री जिसीको प्रमुख आतिथ्यता रहेको थियो । 

332933931_573411431384692_1308869934189544669_n1677238412.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update