Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट खलंगा खानेपानी उपभोका संस्थाको नयाँ नेतृत्व चयन

मुसीकोट खलंगा खानेपानी उपभोका संस्थाको पहिलो साधारण सभा मुसिकोटमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको अध्यक्षमा टोपाराम नेपाली चयन हुनुभएको छ । उपाध्यक्षमा निर्मल केसी, सचिव महेन्द्रराज गौतम र कोषाध्यक्षमा कर्ण ओली चयन हुनुभएको छ । 

संस्थाको सदस्यहरुमा सुरसा गौतम, लक्ष्मी केसी, भारसी वुढा, दुर्गे खडका, देवेन्द्र पुन चयन हुनुभएको छ । पदाधिकारी तथा सदस्य सबै सर्वसम्मत चयन भएका हुन् । यो संस्थाले सदरमुकाम मुसिकोटमा खानेपानी वितरण गरिरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update