Top Navigation
मंगलबार, चैत ७, २०७९ ०१:०३:२४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ ०१:०३:२५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
समाज
  • Home
  • समाज
  • मन्त्री र सांसद्हरूको उपस्थितिमा एकै दिन सोह्र हजार दाँते ओखर रोपियो
मन्त्री र सांसद्हरूको उपस्थितिमा एकै दिन सोह्र हजार दाँते ओखर रोपियो
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, फागुन १६, २०७९
बाँझो जग्गामा दाँते ओखरका बिरुवा रोप्दै । तस्बिरः कखरा । 

वर्षाैँ देखि बाँझो रहेको रुकुमपूर्वका खाली जग्गामा केही दिन देखि चहलपहल रह्यो ।  स्थानीय बासिन्दा खाडल खन्ने, मलको व्यवस्थापन गर्ने र बिरुवा लगाउने काममा व्यस्त भए । व्यक्तिगत र सामूहिक रूपमा कलमी टर्कीका दाँते ओखर लगाउने व्यापक तयारीमा जुटे । डिभिजन वन कार्यालय रुकुमपूर्वले किसानको आम्दानी बढाउन ओखरका बिरुवा खरिद गरेर किसानलाई बाँडेको थियो । “सित्तैमा बिरुवा पाएपछि बाँझो जग्गामा धमाधम लगाइयो” भूमे गाउँपालिका–३ झुम्लाबाङका रामबहादुर बुढा मगरले भन्नुभयो–“बिरुवा हुर्केपछि आम्दानी पनि राम्रै होला ।” 


डिभिजन वन कार्यालयले टर्कीबाट फर्नर जातका बिरुवा ल्याएको हो । तीन–चार वर्षमै फल्ने ओखरका बिरुवा दुई वर्ष टर्कीमै हुर्केका थिए । जिल्लामा मङ्गलबार एकै दिनमा सोह्र हजार टर्कीबाट ल्याइएको दाँते ओखरका बिरुवा रोपिएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, सङ्घीय एवम् प्रदेश सांसद्हरू र जिल्ला स्थित स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा उक्त बिरुवा रोपिएको डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले बताउनुभयो । डिभिजन वन कार्यालय रुकुमपूर्वको आयोजनामा मङ्गलबार एकै दिन जिल्लाको विभिन्न ठाउँमा गरी सोह्र हजार टर्कीका दाँते ओखर रोपिएको खड्काले जानकारी दिनुभयो ।  


ओखरको बिरुवा लगाउने कार्यको सुरुवात गर्दै वन तथा वातावरण मन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले ओखर खेतीबाट राम्रो सम्भावना देखेको बताउनुभयो । त्यहि सम्भावनालाई मध्यनजर गर्दै अघिल्लो सरकारले ओखर खेतीमा लगानी गर्दै आएको बताउदै उहाँले त्यसै कार्यलाई अहिले निरन्तरता दिएको बताउनुभयो । मन्त्री चौधरीले किसानकै मागको आधारमा सरकारले लगानी गरेको बताउदै अब सरकारको लगानीलाई खेर जान नदिन किसानले मेहनत गर्नुपर्ने बताउनुभयो । 


यसैगरी प्रतिनिधिसभाका सांसद् पूर्णबहादुर घर्ती मगरले कृषकको आयआर्जन गराउने उद्देश्यले सरकारले निःशुल्क रूपमा बाँडेको ओखरका बिरुवा कृषकले राम्रोसँग रेखदेख गरी आम्दानीको मुख्य स्रोत बनाउनु पर्ने बताउनुभयो । “जिल्लाको माथिल्लो क्षेत्रमा बाँझो रहेका जग्गा अब खाली रहने छैनन्” उहाँले भन्नुभयो–“यसले यहाँका जनताको आयस्तर पनि बढाउने छ ।” जिल्लाभरबाट छनोट भएका एक सय ३८ जना किसानलाई वितरण गरिएका सोह्र हजार बिरुवा मङ्गलबार एकैसाथ लगाइएको डिभिजन वन कार्यालयले जनाएको छ । प्रत्येक किसानले न्यूनतम १० बोट देखि ६६ सम्म ओखरको बिरुवा लगाएका छन् ।


सिस्ने गाउँपालिका–५ रुमालबारामा मन्त्री चौधरी सहित लुम्बिनी प्रदेशसभाका सांसद्हरु  सुरुल पुन मगर, दिलकुमारी बुढा मगर, सरिता पुन मगर, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा लगायतले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

महाेत्सव


भने भूमे गाउँपालिका–३ झुम्लाबाङमा प्रतिनिधि सभाका सांसद् सदस्य पूर्णबहादुर घर्ती मगर, जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसी, गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा लगायतले बिरुवा रोपेर सुरुवात गर्नुभएको हो । यसैगरी पुथाउत्तरगंगा गाउँपालिकामा डिभिजन वन कार्यालयको कर्मचारीसँगै वडाका जनप्रतिनिधिको उपस्थितिमा दाँते ओखरको बिरुवा रोप्ने कार्य सुरु गरिएको थियो । 

 


प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:१४
#अर्गानिक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्