Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद सप्ताहको अवसरमा विविध प्रतियोगिता  

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुकुम पश्चिम मुसीकोट नगरपालिकाले सहिद सप्ताहको अवसरमा विविध प्रतियोगिता संचालन गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ को सहिद स्मृति  प्रतिष्ठानको सभाहल सेरिगाउँमा आयोजित कार्यक्रममा नगरपालिका भित्रका १० सामुदायिक विद्यालय र ३ नीजि विद्यालय गरी १३ विद्यालयका विद्यार्थीले सहभागिता जनाएको अखिल क्रान्तिकारीका मुसीकोट अध्यक्ष दुर्गबहादुर विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार एकल नृत्यमा नगरपालिका भित्रका विभिन्न विद्यालयका १९ जनाले सहभागिता जनाएका थिए । जसमा विजयश्वरी वोर्डिङ स्कुलकी छात्रा सोनीया देवकोटा पहिलो, सिस्ने एकेडेमी सोलावाङकी छात्रा पूर्णीमा पाण्डे दोस्रो र ज्ञानोदय मावि लहुँकी छात्रा पुस्तिका खड्का तथा यमुना नन्द नमुना मावि सेरिगाउँकी छात्रा रेशमा ओली शान्त्वना हुनुभएको छ । 

त्यस्तै वतृत्वकला प्रतियोगितामा न्यु मुनलाइट बोर्डिङ स्कुल सेरिगाउँका सञ्जय रोकाय पहिलो, विजयश्वरी वोर्डिङ स्कुलकी अस्मिता केसी दोस्रो, सोही विद्यालयकी पूर्णिमा ओली तेस्रो र सिस्ने एकेडेमी सोलावाङका गणेश हितांगी सान्तवना भएको आयोजकले जनाएको छ । 

एकल नृत्य र वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई ३ हजार सहित प्रमाण पत्र, दोस्रो हुनेलाई २ हजार सहित प्रमाण पत्र, तेस्रो हुनेलाई १ एक हजार सहित प्रमाणपत्र र शात्वनना हुनेलाई ५ सय सहित प्रमाण पत्र प्रदान गरिएको छ छ । अखिल क्रान्तिकारीका मुसिकोट नगर अध्यक्ष दुर्गबहादुर विकको अध्यक्षमा भएको कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला इन्चार्ज शुसिल विष्टको प्रमुख र जिल्ला अध्यक्ष नारायण केसीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य श्रीकुमार कठाएत, मुसीकोट नगरपालिका अध्यक्ष दलबहादुर खड्का लगायतको पनि उपस्तिथि रहेको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update