
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ कोटगाउँमा रहेको लक्ष्मी आधारभुत विद्यालयको पक्की ४ कोठे भवन उद्घाटन गरिएको छ । एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले उक्त ४ कोठे पक्की भवनको उद्घाटन गर्नुभएको हो । राष्ट्रपति शैशिक सुुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा ४ कोठे पक्की भवनको लागि ३६ लाख बजेटे प्राप्त भएको थियो ।
उक्त विद्यालय भवन निर्माणको काम सम्पन्न भएपछि विद्यालयको ४५ औँ स्थापना दिवसको अवसर पारेर गाउँपालिका अध्यक्ष विष्टले विद्यालय भवन संगै आइसिटी ल्यावको पनि उद्घाटन गर्नुभएको हो । विद्यालय भवन निर्माणको काम सम्पन्न भएपछि निर्माण समितिले भवन निर्माण गर्दा लागेको खर्चको आय व्यय समेत सार्वजिनिक गरेको वडा अध्यक्ष पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माण समितिले ४ कोठे पक्की विद्यालय भवन निर्माण गर्दा सिमेन्ट, सरिया, वालुवा, गिटटी, श्रमिकलाई ज्याला लगायत निर्माण गर्दा लाग्ने सामग्रीको खर्च ५६ लाख ५० हजार ५ सय ४७ रहेको छ । भवन निर्माणको लागि राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रम अन्तर्गत ३६ लाख र स्थानीय जनश्रमदानबाट १६ लााख २३ हजार ३ सय ९५ गरेर ५२ लाख २३ हजार ३ सय ९५ रुपैयाँमा भवन निर्माण सम्पन्न भएको हो ।
प्राप्त रकम भन्दा बढी रकम खर्च हुँदा ४ लाख ४७ हजार १ सय ५२ रुपैयाँ निर्माण समितिलाई घाटा लागेको निर्माण समितिले सार्वजजिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।