Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ 

रुकुम पश्चिममा एक महिला माथि पेट्रोल छर्केर आगो लगाउन प्रयास गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४ ठाराढुंगामा कोठा भाडामा लिएर बस्दै आएकी मुसिकोट ९ चौखाबाङकी ३० वर्षिया एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने दाङ तुलसिपुरका ३५ वर्षिय प्रेम केसीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । 

जिउभरी पेट्रोल छर्किएर आगो लगाउन खोज्दा लाइटर नबलेको र यो घटनाबारे स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । घटनास्थल नजिकै लुकेर बसेको अवस्थामा केसीलाई प्रक्राउ गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार घटना ८ गतेको हो । आपसी लेनदेनका विषयमा विवाद हुँदा उक्त घटना भएको प्रारम्भिक जानकारी आएपनि घटनाको अनुसन्धान चलिरहेको डिएसपी भट्टराईले बताउनुभयो । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उहाँको भनाई छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update