
रुकुम पश्चिममा आजबाट स्थायी लेखा नम्बर प्यानका लागि बायोमेट्रिक सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट यसअघि नै प्यान नम्बर वितरणको काम सुरु भइसकेकामा आजबाट बायोमेट्रिक सेवा पनि सुरु भएको हो । बायोमेट्रिक प्रणाली भनेको व्यक्तीको आँखा, अनुहार, हात आदीको डिजिटल विवरण संकलन गर्ने आधुनिक प्रणाली हो ।
यसका लागि आवश्यक उपकरणहरु जडान भएपछि आजबाट सेवा सुरु भएको कोष तथा लेखा नियन्त्रक बोमलाल पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार उपकरण जडानका लागि आन्तरिक राजश्व विभागबाट टोली आएको थियो । उक्त टोलीले आवश्यक उपकरण जडान र त्यसको संचालनका बारेमा कर्मचारीलाई जानकारी गराएको उहाँको भनाई छ ।
अव जिल्लाबाट नयाँ प्यान नम्बर वितरणका साथै बायोमेट्रिक विधिबाट डिजिटल विवरण संकलन गरिने छ भने यसअघि नै प्यान लिइसकेका सेवाग्राहीले बायोमेट्रिक सेवा लिन पाउँने छन् । यो विधिबाट सेवाग्राहीको फोटो, औंठा छापा लगायतको डिजिटल विवरण राखिने कोष तथा लेखा नियन्त्रक पराजुलीले बताउनुभयो ।
जिल्लामा गत पुष देखि नै स्थायी लेखा नम्बर प्यान वितरणको काम सुरु भएको थियो । आन्तरिक राजश्व विभागका कार्यालय नभएका ठाउँमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट प्यान नम्बर वितरण गर्ने विभागको योजना अनुसार रुकुम पश्चिम सहित रुकुम पूर्व, डोल्पा, मुस्ताङ र मुगुमा सेवा सुरु भएको आन्तरिक राजश्व विभागका निर्देशक तथा सूचना अधिकारी राजु प्याकुरेलले बताउनुभयो ।
उहाँ नेतृत्वको टोली रुकुम पश्चिम सहित नयाँ सेवा सुरु भएका जिल्लामा बायोमेट्रिक सेवा सुचारुका लागि पुगिरहेको छ । स्वयं कर सहभागिता बढाउने उद्ेश्यले जिल्ला जिल्लामा प्यान वितरण सेवा सुरु गरिएको उहाँले बताउनुभयो । यसबाट करदाता बढ्ने र प्यानका लागि अन्यत्र जिल्लामा जाँदा लाग्ने लागत समेत कम हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।
जिल्लाबाट व्यक्तिगत, व्यक्तिगत फर्म र सरकारी कार्यालयका लागि प्यान जारी हुने गरेको छ । यसैविच सेवा सुचारु भएदेखि हालसम्म कोष तथा लेखा नियन्त्रक कार्यालयबाट व्यक्तिगत प्यान ६५ वटा, व्यापारिक प्यान ३२ वटा र कार्यालय प्यान ७ वटा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । यसअघि प्यानका लागि जिल्लावासीलाई सल्यान श्रीनगर लगायतका ठाउँमा जानुपथ्र्यो ।
अहिले सरकारले व्यापार व्यवसाय तथा सरकारी र गैरसरकारी जागिरका लागि पनि स्थायी लेखा नम्बर अनिवार्य गरेको छ ।