Top Navigation
मंगलबार, असोज १६, २०८० १२:१४:१८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:१४:१८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #सुशीला विक
Search Here
समाज
  • Home
  • समाज
  • जिल्ला सभाका नीतिगत मार्गदर्शनः ‘समृद्धिको सपना’
जिल्ला सभाका नीतिगत मार्गदर्शनः ‘समृद्धिको सपना’ शिक्षा, स्वास्थ्य, रोजगारमा केन्द्रीत
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, कात्तिक २, २०७७
जिल्ला सभाले पास गरेका निर्णय जिल्लास्थित पत्रकारहरू समक्ष सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा

स्थानीय तहको निर्वाचन भएको ४२ महिना पूरा भयो । स्थानीय तहका प्रतिनिधिहरुले २०७४ जेठको पहिलो हप्ता पदभार ग्रहण गरेका थिए । ३ नगरपालिकाका प्रमुख/उपप्रमुख, ३ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, ७३ वडाका अध्यक्ष तथा सदस्यहरु । त्यसको झण्डै ६ महिनापछि जिल्ला समन्वय समितिले पनि पूरा पदाधिकारी पाएको थियो । जिल्ला समन्वय समितिका पदाधिकारी, नगर/गाउँपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रदेश सभा सदस्य सहितको जिल्ला सभा छ । तीन वर्षको अवधिमा ५ वटा जिल्ला सभा भए । समन्वय समिति प्रमुखको अध्यक्षतामा हुने सभाको पाँचौ बैठकले नीतिगत मार्गदर्शन तय गरेको छ । गत चैत्र १७ र १८ गते सम्पन्न हुनुपर्ने सभा कोरोनाको कारण यही असोज २४ मा सम्पन्न भएको थियो ।

जिल्लाको समग्र विकास र समृद्धिका लागि भन्दै सभाले दुई खण्डमा मार्गदर्शन तयार पारेको छ । खण्ड १ मा २२ बुँदा छन् भने मार्गदर्शन खण्ड २ मा १४ बुँदा छन् । यी सबै बुँदा विकास निर्माणदेखि सामाजिक रुपान्तरणका लागि सहयोगी हुने निष्कर्ष छ । मार्गदर्शनले कोरोना महामारी, विकास निर्माण, सामाजिक चेतनाका विषय उठान गरेको छ । यो शिक्षा, स्वास्थ्य, रोजगारमा केन्द्रीत गरिएको छ । ‘हालसम्मको काम, गतिविधि र विकास निर्माणको गतिलाई ध्यान दिएर पाँचौ जिल्ला सभाले नीतिगत मार्गदर्शन जारी गरेको छ,’ समन्वय समिति प्रमुख राजकुमार शर्माले भन्नुभयो, ‘यसैमा टेकेर काम गर्ने र समृद्धितर्फ अघि बढ्ने अपेक्षा सभाले गरेको छ ।’ शर्माका अनुसार जिल्लाभरको विकास निर्माण र सामाजिक रुपान्तरणको अभियानमा यही मार्गदशनलाई आधार मानेर सम्पूर्ण गतिविधि गरिने छ ।

मार्गदर्शनमा कोरोनाको प्रभाव बढ्दै गइरहेको अवस्थामा दैनिक जिवन यापनमा सहजता ल्याउन आवश्यकता अनुसार टोलैपिच्छे ७ वा, ९ वा ११ घरपरिवार समेटेर महिलाको नेतृत्वमा सहकार्य इकाई बनाएर कार्य सम्पादन गर्ने उल्लेख छ । वडा स्तरमा सरकारको काम र योजनालाई प्रभावकारी बनाउन सामाजिक नेतृत्व निर्माण गर्न सामाजिक रुपान्तरण तथा सुधार समिति र रोजगार, उत्पादन तथा विकास निर्माण समिति बनाएर खटाइने पनि मार्गदर्शनमा प्रष्ट पारिएको छ । सामाजिक रुपान्तरण र सुधार समितिका २० वटा कार्यक्षेत्र तोकिएको छ । सबै कुराको समग्र विकास, व्यवस्थापन र प्रवद्र्धनका लागि कार्यक्षेत्र समेत निक्र्योल गरिएको प्रमुख शर्माले बताउनुभयो । पटक पटकको छलफल र भए गरेका कामको आधारमा जिल्ला सभा यो निष्कर्षमा पुगेको शर्माको भनाई छ । यो समितिले विशेष गरी समाजमा रहेका कुरिती, विकृति, विसंगति निर्मुल, राम्रा, सकारात्मक, प्रेरणादायी कामको प्रचार प्रसार र प्रर्वद्धन गर्ने छ । सबैप्रति सबैले दायित्व बोध गर्ने र त्यसरी व्यवहार गर्ने बानिको विकासलाई पनि यसको कायक्षेत्र भित्र राखिएको छ ।

पाँचाै जिल्ला सभामा सहभागि जिल्ला सभाका सदस्यहरू ।

समाजका रहेका जातिय, बर्गिय, लिंगिए विभेदको अन्त्य, बाल विवाह, बहु विवाह, अनमेल विवाह, महिला हिंसाको अन्त्यका लागि पनि यो समितिले नेतृत्वदायी भूमिका खेल्ने परिकल्पना गरिएको छ । यसको साथसाथै हरेक वडा तथा टोलमा रोजगार उत्पादन तथा विकास निर्माण समिति बनाइने छ । यसले आर्थिक उत्पादनसँग जोडिने गतिविधि गर्ने छ । सहकार्य समूह, महिला समूह, कृषि समूह, दलित, महिला, जनजाती तथा बेरोजगार श्रमशक्तिलाई संगठित गरी स्वरोजगामा जोड्ने गरी यो समिति परिचालन हुने शर्माले बताउनुभयो । हरेक वडामा १ सय जनाको श्रम सहकारी गठन र परिचालन, युवा एकता संगठनको लागि रोजगार र उत्पादन क्षेत्रको खोजि, आपूर्ति र बजारीकरण, उद्योग स्थापनामा समेत यो समिति सक्रिय हुने परिकल्पना मार्गर्शनले गरेको छ । हरेक समितिमा महिलाको सहभागितालाई बढाउने, दलित, विपन्न तथा पछाडी पारिएकाहरुलाई अवसर दिएर नेतृत्वमा स्थापित गराउने सम्मको सोच मार्गदर्शनले राखेको छ ।

हरेक पालिका तथा वडामा लिइएका लक्ष प्राप्तीका लागि अभियानको घोषणा समेत गरिएको छ । आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान तय गरिएको छ । ‘उत्पादन रोजगार एवं आर्थिक विकासका साथ समृद्धितिर अघि बढौं, सामाजिक, साँस्कृतिक रुपान्तरण र विकास गर्दै समाजवादको आधार तयार पारौं’ भन्ने नारा सहित यो अभियान थालिएको हो । अभियानको क्रममा सरकार र सरकारी निकायको संस्थागत कार्यमा सुदृढिकरण, तिब्र आर्थिक वृद्धि र रोजगारी सृजना, सामाजिक, साँस्कृतिक रुपान्तरण, जनदिशा लागु गर्दै जनसम्बन्ध सुदृढिकरण गरिने छ । जननियन्त्रित सरकार सञ्चालन, गैरसकारी संस्थाहरुको व्यवस्थित र प्रभावकारी परिचालन, अनुगमन, समन्वय र सहकार्य पनि यो अभियानको प्राथमिकतामा छन् ।

जिल्ला सभामा कुरा राख्दै सभाध्यक्ष राजकुमार शर्मा 

जिल्ला सभाले मार्गदर्शन खण्ड २ मा सुझावात्मक कुरा धेरै लेखेको छ । यस अवधिमा भए गरेका कामकाज, काम सञ्चालन, समन्वय, सहकार्यको तौरतरिकापछि सुझाव दिइएको छ । हरेक कामकाजको क्रममा आइपर्ने असजिलालाई सहजिकरणका लागि सभाबाटै नीतिगत मार्गदर्शन मार्फत सुझाव र सल्लाह दिइएको प्रमुख शर्माले बताउनुभयो । जिल्लामा स्थायी माटो परीक्षणको ल्याब स्थापना गर्न प्रदेश सरकारलाई माग गर्ने, ढुंगा, गिट्टी, बालुको अवैध उत्खनन बन्द गरी सबै पालिकाबाट कानून बनाई कार्यान्वयन गर्ने, मदिरा तथा सुर्तिजन्य पदार्थको उत्पादन र उपयोगलाई कडाई गर्ने, व्यवस्थित वस्तिको विकास गर्ने, मिचिएका सार्वजनिक जग्गा तथा सडक खाली गराउने कुरा यसमा उल्लेख छ । चालु आर्थिक वर्षमा निर्माण हुने विकासका हरेक योजना आयोजनाको सम्झौता पहिलो चौमासिक भित्र सक्ने, समयमा नीति, नियम र निर्देशिका प्राप्त नहुँदा विकास निर्माण समस्या भएकाले समयमै यी काम गर्नका लागि संघ र प्रदेश सरकारलाई ताकेता गर्ने पनि जिल्ला सभाबाट पास गरिएको मार्गदर्शनमा उल्लेख छ ।

सबै जिल्लाबासीको आर्यआर्जनमा बृद्धि, चेतना निर्माणलाई पहिलो प्राथमिकतामा राखेर जिल्ला सभाबाट महत्वपूर्ण निर्णय पारीत भएको प्रमुख शर्माले बताउनुभयो । जिल्ला सभामा सबै पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा सांसदहरु समेत रहेकाले यो मार्गदर्शन कार्यान्वयनमा सबैको क्रियाशिलता हुने विश्वास शर्माले व्यक्त गर्नुभयो । जिल्ला सभा, जिल्ला समन्वय समिति र सबै पालिकालाई मार्गदर्शन अनुसार काम भइरहेको छ कि छैन भनेर खबरदारी गर्ने अधिकार सम्पूर्ण जिल्लाबासीलाई दिइएकाले यसतर्फ जिल्लाबासी सचेत हुनुपर्ने समेत उहाँले बताउनुभयो । तीन वर्षको कामको समिक्षा पछि जिल्ला सभा नीतिगत मार्गदर्शन तय गर्ने र त्यसैका आधारमा सम्पूर्ण गतिविधि सञ्चालनको निष्कर्ष आएको प्रमुख शर्माले बताउनुभयो । 


प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  २१:२१
#जिल्लासभा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्