Kakhara सबैको खबर सम्पूर्ण खबर
कारागारबाटै एसइई  

रुकुम पश्चिममा एक जना परीक्षार्थीले जिल्ला कारागारबाट परीक्षा दिइरहेका छन् । चौरजहारीको शितल माविबाट खुला विद्यालय तर्फ परीक्षा फारम भरेका एक जना विद्यार्थीले जिल्ला कारागारबाटै परीक्षा दिइरहेका हुन् । उनका लागि त्रिभुवन जनता मावि खलंगा परीक्षा केन्द्रले परीक्षाको व्यवस्था मिलाइरहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख ताराप्रकास पुनले बताउनुभयो । कर्तव्य ज्यान मुद्दामा कारगार चलान भएका उक्त व्यक्तिले कारागारबाटै परीक्षा दिइरहेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update