Kakhara सबैको खबर सम्पूर्ण खबर
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ भलखोलामा आयोजित भलिबल प्रतियोगिता सम्पन्न भएको छ । चैत्र १२ गतेबाट सुरु भएको महिला, पुरुष भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । रुकुम पूर्व, पश्चिमका १० टिमले प्रतिस्पर्धा गरेको पुरुष  भलिबलमा रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ प्रथम भएको छ । शुक्रबार भएको फाईनलमा बाँफिकोट गाउँपालिका वडा नम्बर २ लाई पराजित गर्दै सिस्ने ४ प्रथम भएको हो । 

प्रथम भएको सिस्ने ४ ले नगद ५५ हजार पाँच सय ५५ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै दोस्रो स्थानमा चित्त बुझाएको बाँफिकोट २ ले नगद ३३ हजार तीन ३३ रुपैयाँको साथमा मेडल र प्रमाण पत्र हात पारेको छ । तेस्रो पुरस्कार २२ हजार दुई सय २२ मुसिकोट  नगरपालिका नगर वडा ७ र सानीभेरी गाउँपालिका वडा नम्बर ५ लाई सहमति अनुसार बराबर बाँडिएको आयोजकले जानकारी दिएको छ । 

यस्तै महिलातर्फ बाँफिकोट गाउँपालिका वडा नम्बर ४ प्रथम भएको छ । फाइनलमा बाँफिकोट २ लाई पछि पार्दै बाँफिकोट ४ प्रथम भएको हो । यस्तै बाँफिकोट २ दोस्रो र सिस्ने गाउँपालिका वडा नम्बर ८ तेस्रो भएको छ । प्रथम दोस्रो र तेस्रोले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको खेलकुद समितिका अध्यक्ष प्रताप मल्ल जानकारी दिनुभयो । 

उहाँका अनुसार पुरुष भलिबल तर्फ मुसिकोट नगरपालिका वडा नम्बर १ का सुरेश मल्ल उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । यस्तै महिला पुरुष रस्साकस्सी, एकल नृत्य, लोक दोहोरी लगायतका प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । महिला रस्साकस्सी तर्फ हिरा बोहरा र पुरुष तर्फ सुरेश मल्लको समुह विजेता बनेको छ ।

लोक दोहोरीमा नैना बिकको समूह र एकल नृत्यमा लक्ष्मी शाही प्रथम हुनु भएको छ ।  हरेक वर्ष चैते दशैंको अवसरमा भलखोलामा मेला लाग्ने गर्दछ । उक्त मेलाको अवसरमा यो वर्ष पनि विविध  खेलकुद प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update