Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको जनसंख्या प्रारम्भिक भन्दा झण्डै ४ सय बढी 

रुकुम पश्चिमको जनसंख्या प्रारम्भिक नतिजाको तुलनामा केही बढी देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणाम अनुसार जिल्लाको जनसंख्या प्रारम्भिक नजितको भन्दा ३ सय ८६ बढी भएको हो । 

प्रारम्भिक नतिजा अनुसार जिल्लाको जनसंख्या १ लाख ६६ हजार ३ सय ५४ रहेकामा जनगणनाको अन्तिम परिणाम अनुसार जिल्लाको कुल जनसंख्या १ लाख ६६ हजार ७ सय ४० पुगेको छ । जसमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ । 

महिलाको संख्या ८५ हजार ६ सय ४९ रहेको छ भने पुरुषको संख्या ८१ हजार ९१ रहेका छन् । पुरुषको तुलनामा महिलाको संख्या ४ हजार ५ सय ५८ बढी रहेको छ । कुल जनसंख्यामा महिला ५१.४ प्रतिशत रहेका छन् भने पुरुष ४८.६ प्रतिशत रहेका छन् । 

जिल्लामा जनसंख्या बृद्धि १ प्रतिशत भन्दा कम रहेको छ । २०६८ देखि २०७८ सम्म जिल्लाको जनसंख्या बृद्धि ०.६८ प्रतिशत मात्र रहेको जनगणनाको अन्तिम परिणामा उल्लेख छ । जिल्लामा पुरुष तर्फ सबैभन्दा बढी जनसंख्या १०–१४ वर्ष उमेर समुहका ६.१ प्रतिशत अर्थात १० हजार २ सय १६ जना रहेका रहेका छन् । 

महिला तर्फ भने १५–१९ वर्ष उमेरका ६.२ प्रतिशत अर्थात १० हजार ३ सय १२ जना रहेका छन् ।

339479296_1653097558481853_7906627737899116640_n1680602096.jpg

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update