Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल पत्रकार महासंघ रुकुम पश्चिम कर्णालीमा उत्कृष्ट

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा कर्णाली प्रदेशमा उत्कृष्ट भएको छ । कार्यसम्पादनमा रुकुम पश्चिम कर्णालीका १० शाखामा उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको कालिकोटमा चैत्र २१ गते भएको साधारण सभा मार्फत रुकुम पश्चिम शाखा प्रदेशभरमा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । 

सम्मान पत्रले सम्मान गरिएको हो । अध्यक्ष केसीलाई प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले सम्मान गर्नुभयो ।। 
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update