Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटका अर्जुन १ महिना देखि वेपत्ता 
वेपत्ता अर्जुन ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ का अर्जुन नेपाली एक महिना देखि वेपत्ता हुनुभएको छ । खलंगा सालघारीका २४ वर्षिय नेपाली नवलपरासीको बरलाबाट वेपत्ता भएको परिवारजनले बताएका छन् । भारतको गोवामा काम गरिरहेका बिक घर फर्किने क्रममा वेपत्ता भएको बुवा धनबहादुर नेपालीले जानकारी दिनुभयो । 

फागुन २३ गते देखि छोरा आफुहरुको सम्पर्कमा नरहेको उहाँको भनाई छ । होली मनाउन निस्किएका अर्जुन त्यसपछि सम्पर्कमा नरहेको जानकारी उनका साथीहरुले फागुन २५ गते गराएको उहाँले बताउनुभयो । छोराका साथीहरु सहित आफुहरुले खोजी गरिरहेको तर १ महिनासम्म फेला पार्न नसकिएको नेपालीले बताउनुभयो । 

छोराका बारेमा प्रहरीलाई समेत जानकारी गराइएको उहाँको भनाई छ । अर्जुनलाई कसैले फेला पारेमा मोबाइल नम्बर ९८४८१०६८५९ र ९८५७८२०३९९ मा सम्पर्क गर्न वा नजिकको प्रहरीलाई खबर गरिदिन बुवा धनबहादुरले आग्रह गर्नुभएको छ ।   
 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update