
रुकुम पश्चिमको मुसिकोटबाट संचालनमा रहेको रेडियो सानोभरी १६ वर्षमा प्रवेश गरेको छ । सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्रद्धारा २०६४ साल चैत्र २५ गते स्थापना भएको रेडियो सानोभेरी आजबाट १५ वर्ष पूरा भई १६ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा रेडियोले सम्पूर्ण स्रोता, विज्ञापनदाता, संस्थामा कार्यरत कर्मचारी तथा पत्रकार, शुभेच्छुक तथा शुभचिन्तकहरुमा शुभकामना व्यक्त गरेको छ । रेडियोका प्रवन्ध निर्देशक ध्रुवविक्रम बुढाथोकीले प्रेस विज्ञप्ती जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।
सञ्चार माध्यमकको तर्फबाट नागरिकको अभिमत अनुरुप विकास, समृद्धि र उत्पादनको योजना कार्यान्वयनलाई तिव्रता दिई समाजवादको आधार तयार गर्न तथा संघीयताको सवल कार्यान्वयनका लागि राज्यका सबै निकायलाई थप उत्तरदायी बनाउन जोड दिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संविधानले निर्दिष्ट गरे अनुसार समाजवाद उन्मुख समृद्धिको राष्ट्रिय उदेश्य परिपूर्ति, कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्ने अभियानमा रेडियोको तर्फबाट हामीले गर्ने योगदानमा कुनै कमी हुन दिने छैनौं, विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै विज्ञप्तीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले अघि सारेका जनपक्षीय कार्यक्रमहरुको तथ्य संगत प्रचार प्रसार गर्ने कार्यमा रेडियो सानीभेरी सदैव अग्र स्थानमा रहँदै आएको र रहीरहनेछ भन्ने विश्वास दिलाइएको छ ।
साथै रेडियोले राज्यका विभिन्न निकायहरुमा अनियमितता देखिएमा त्यसको सशक्त भण्डाफोर गरी सुशासन कायम गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ । यसका अलावा सामाजिक परिवर्तन, मौलिक कला संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाहरुको प्रष्फुटन, जनहितकारी सन्देश प्रवाह जस्ता नियमित कार्यहरु पनि जारी नै विज्ञप्ती मार्फत स्पस्ट पारिएको छ ।