
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालिबहादुर मल्लले देश माओवादीको एजेण्डामा अघि वढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो माओवादी नेतृत्वमा प्राप्त राजनैतिक उपलब्धीलाई संस्थागत गर्नु पर्ने दायित्व छ । अहिले देश माओवादी आन्दोलनवाट प्राप्त उपलब्ध राजनैतिक एजेण्डा कार्यान्वयनमा छ ।
राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै मल्लले राज्यका विभिन्न निकायमा रहेका कर्मचारीलाई राजनैतिक चेतना हुुन जरुरी भएपनि जनतालाई छिटोछरितो, भरपर्दो र गुणस्तरीय सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले देशमा संघीयता आएको भएपनि वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता आउन नसकेको बताउनुभयो । अहिलेपनि कर्मचारी तथा वैंक र वित्तीय संस्थामा केन्द्रले केन्द्रिकृत मानसिकता लादिरहेको अवस्था रहेको उहाँले बताउनुभयो ।
‘अहिलेसम्म राजनैतिक संघीयता आएको छ । राजनैतिक संघियतालाई अब बित्तीय र प्रशासनिक रुपमा कार्यान्वयन गर्नु आबस्यक छ ।’ शर्माले भन्नुभयो, ‘कर्मचारीले आफ्नो सेवा सुबिधा अनुसार र जिम्म्ेवारी अनुसार जनतालाई प्रवाह गर्ने सेवालाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी बनाउन लाग्नुपर्छ ।’
उहाँले सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि संघसंगठनलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेकोमा समेत जोड दिनुभयो । कार्यक्रममा नेकमा माओवादी केन्द कणाली प्रदेश अध्यक्ष बिमला केसी, माओवादीका युवा नेता रामदीप आचार्य, संगठनका केन्द्रीय अध्यक्ष लिलाराम थापा लगातयतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
यसैविच प्रथम अधिवेशनले ताराप्रसाद रिजालको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ । जसको उपाध्यक्षमा दुर्गाप्रसाद आचार्य, ऋषिराम केसी, जयबहादुर थापा, अमृतप्रसाद न्योपाने रहनु भएको छ । यस्तै सचिवमा भरतबहादुर राना, सह सचिवमा रामलाल देवकोटा, कोषाध्यक्षमा लक्ष्मी सिंह र सह कोषाध्यक्षमा हरिनी नेपाली रहनुभएको छ ।
सदस्यमा ऋतु सोनी, सुमन बस्नेत, थलराज डि.सी., वीरवहादुर डाँगी, लक्ष्मणकुमार ओली, ठगेन्द्र घर्ती, शेरबहादुर बस्नेत, अभिभारा शाही, हेमन्त रावल, निलम सज्याल, कर्णप्रसाद बराल, पंखराज सज्याल, विरेन्द शाही, रेनुका चलाउने, प्रयागराज जैसी, चन्द्र सुनार, तुलसी शाही, वेदप्रसाद सज्याल, सन्देश चन्द, लक्ष्मी रावल, जीवन पुन, हिरा पुन, निलम सज्याल सर्वसम्मत चयनु हुनु भएको हो ।
“जनताको स्वास्थ्य सुरक्षा, हाम्रो प्रतिवद्वता, सम्पूर्ण प्रगतिशिल स्वास्थ्यकर्मीको एक्यवद्धता” नाराका साथ सम्पन्न कर्णाली प्रदेश प्रथम अधिवेशनले समसामयिक स्वास्थ्य क्षेत्रका प्रस्ताव पनि पारित गरेको छ ।