Top Navigation
मंगलबार, असोज १६, २०८० १२:५३:१३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:५३:१३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #सुशीला विक
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • सानीभेरीका कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन, वडा नं. ७ र ९ मा रकम वितरण 
सानीभेरीका कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन, वडा नं. ७ र ९ मा रकम वितरण 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, चैत २७, २०७९
कृषकलाई उत्पादनका आधारमा प्रोत्साहन रकम वितरण गर्दै गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्ट लगायत ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन रकम प्रदान गरेको छ । कृषकले उत्पादन गरेर बिक्री गरेको परिमाणका आधारमा गाउँपालिकाका वडा नम्बर ७ र ९ का ८८ जना कृषकलाई प्रोत्साहन स्वरुप नगद हस्तान्तरण गरिएको हो । 

गाउँपालिका अन्तर्गतको कृषि विकास शाखाद्वारा १३ जना तरकारी उत्पादन गर्ने कृषक र पशु शाखाद्वारा ७५ जना भैंसी र खसी बोका पालन गर्ने कृषकलाई प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो ।
  
वडा नम्बर ७ को वडा कार्यालयको प्राङ्गणमा भएको पशु शाखा अन्तर्गतको अनुदान हस्तान्तरण कार्यक्रममा ६१ वटा सुत्केरी भैंसी पाल्ने कृषक र १४ जना खसी बोका उत्पादन गरेका कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको हो । 

पशु पालन तर्फका कृषक वडा नम्बर ७ कि हिमा बुढाले सबै भन्दा बढी प्रोत्साहन प्राप्त गर्नुभएको छ । उहाँले ६ वटा खसी बोका बिक्री गर्नुभएको थियो । उहाँले प्रति किलो ५० का दरले जम्मा १२ हजार २ सय ५० रुपैंया रकम प्राप्त गरेको पशु शाखा प्रमुख भूपेन्द्र पुनले जानकारी दिनुभयो ।

त्यस्तै कृषि विकास शाखा अन्तर्गत ९ नम्बर वडाका १३ जना तरकारी उत्पादन गर्ने कृषकहरुलाई सानीभेरी गाउँपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गरी रकम हस्तातरण गरिएको छ  । तरकारी उत्पादन गरेर सबै भन्दा बढी प्रोत्साहन रकम प्राप्त गर्ने कृषक सानीभेरी ९ का टंकप्रकाश खड्का रहनुभएको छ । 

उहाँले जम्मा १६ हजार ४ सय रुपैंया प्राप्त गर्नुभएको छ । उहाँले १ हजार ६ सय ४० किलो टमाटर उत्पादन गर्नुभएको थियो । किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान दिइएको छ ।

वास्तविक कृषकलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले बताउनुभयो । जति धेरै उत्पादन त्यति धेरै प्रोत्साहनको नीति गाउँपालिकाले लिएको जानकारी गराउँदै उहाँले यो कार्यक्रम निरन्तर रुपमा संचालन हुने बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले वार्षिक १ हजार लिटर दुध उत्पादन गरेका कृषकलाई प्रति लिटर ५ रुपैयाँ प्रोत्साहन दिने व्यवस्था समेत गरेको उहाँले जानकारी गराउनुभयो ।

अनुदान दिँदा नक्कली कृषकले बढी लाभ लिने भएकाले उत्पादनको आधारमा अनुदान दिने गाउँपालिकाले निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रमले कृषिमा व्यवसायिकता विकास र दीगोपना कायम हुने विश्वास गरिएको छ । 

यो कार्यक्रम गाउँपालिकाका सबै वडामा लागु भएको छ । अन्य वडाहरुमा पनि छिट्टै उत्पादनका आधारमा पैंसा वितरण गर्ने कार्यक्रम संचालन हुने गाउँपालिकाले जनाएको छ । वडा नम्बर ९ मा झन्डै ८७ हजार रकम वितरण गरिएको छ भने वडा नम्बर ७ मा २ लाख ८७ हजार १ सय रुपैयाँ वितरण गरिएको छ ।


प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्