Top Navigation
मंगलबार, असोज १६, २०८० १२:५६:३७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:५६:३७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #सुशीला विक
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • मुसिकोटमा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम लागु 
मुसिकोटमा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम लागु 
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, चैत २९, २०७९

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम लागु हुने भएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएसी) नेपाल र मुसिकोट नगरपालिकाको साझेदारी तथा सिबिएम ग्लोबलको आर्थिक सहयोगमा यो कार्यक्रम लागु हुन लागेको हो । मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपांगता भएका वा त्यसको जोखिममा रहेका व्यक्तिहरुले स्वतन्त्र जीवनको आनन्द लिनसक्ने र समान आधारमा समुदायमा समावेश हुनसक्ने समावेशी समुदाय निर्माण गर्न योगदान पुर्याउने लक्षका साथ यो कार्यक्रम लागु हुन लागेको हो ।

यस कार्यक्रम अन्तर्गत विद्यालय नर्सहरुको क्षमता अभिवृद्धि, चेतनाका लागि मिडिया, सामाजिक सञ्चाल परिचालन तथा सडक नाटक, एकद्धार संकट व्यवस्थापन केन्द्रको क्षमता विकास, आत्महत्या रोकथाम, पुनस्र्थापनामा सहयोग, मातृ मानसिक स्वास्थ्य कार्यक्रमहरु संचालन हुने छन् । त्यस्तै मानसिक स्वास्थ्य समन्वय समितिको नियमित बैठक, पालिका स्तरीय मानसिक स्वास्थ्य नीतिको विकास र कार्यान्वयन, स्वास्थ्यकर्मीको तालिम तथा सुपरिवेक्षण, स्वावलम्बन समूहको स्वपैरवी र संस्थागत विकासका लागि क्षमता बृद्धि र विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम पनि संचालन हुने सिएमसी नेपालका सुपरभाइजर सुमिता मल्लले जानकारी दिनुभयो ।

यस कार्यक्रमका प्रत्यक्ष लाभग्राहीमा मानसिक स्वास्थ्य समस्या भएका र मनोसामाजिक अपांगता भएका वा त्यसको जोखिममा रहेका, अपांगता भएका वा त्यसको जोखिममा रहेका व्यक्ति र बालबालिका तथा किशोर किशोरी रहने उहाँले बताउनुभयो । उहाँका अनुसार यो कार्यक्रमका लागि मुसिकोटका ४ वटा स्वास्थ्य संस्था र तीन वटा विद्यालय छनौट गरिएको छ । स्वास्थ्य संस्थामा जिल्ला अस्पताल, साँख स्वास्थ्य चौकी, भलाक्चा स्वास्थ्य चौकी र छिवाङ स्वास्थ्य चौकी रहेका छन् भने विद्यालयमा त्रिभुवन जनता मावि खलंगा, बालकल्याण मावि झुल्खेत र महेन्द्र मावि चौतारा रहेका छन् ।

यो कार्यक्रमका लागि नगर प्रमुख महेन्द्र केसीको संयोजकत्वमा मानसिक स्वास्थ्य समन्वय समिति पनि गठन गरिएको छ । त्यस्तै कार्यक्रम संचालनका लागि सम्झौता समेत सम्पन्न भएको नगरपालिकाले जनाएको छ । यो कार्यक्रम जिल्लाको सानीभेरी गाउँपालिकामा पनि संचालन हुने छ । यसअघि सुर्खेत र दैलेखका ५ वटा स्थानीय तहमा संचालित यो कार्यक्रम अहिले रुकुम पश्चिम र दैलेखका अन्य ५ वटा स्थानीय तहमा विस्तार भएको सिएमसी नेपालले जनाएको छ ।।     


प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्