Top Navigation
मंगलबार, असोज १६, २०८० १२:३५:५७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० १२:३५:५७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #स्यार्पू महाेत्सव
  • #सुशीला विक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दलित मुक्ति मोर्चा रुकुम पूर्वः तीन वटै गाउँ समितिको सम्मेलन सम्पन्न 
दलित मुक्ति मोर्चा रुकुम पूर्वः तीन वटै गाउँ समितिको सम्मेलन सम्पन्न 
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, वैशाख १, २०८०

नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन नेपाल दलित मुक्ति मोर्चा रुकुम पूर्वको तीन वटै गाउँ समितिको सम्मेलन सम्पन्न भएको छ । सिस्ने, भूमे र पुथाउत्तरगंगा गरी तीन गाउँपालिका रहेको यस जिल्लामा तीन वटै गाउँपालिकाको दलित मुक्ति मोर्चाको प्रथम सम्मेलन सम्पन्न गरिएको छ । सम्मेलनबाट सिस्ने गाउँ समितिको अध्यक्षमा विष्णु नेपाली, भूमे गाउँ समितिको अध्यक्षमा हर्कबहादुर सुनार र पुथाउत्तरगंगा गाउँ समितिको अध्यक्षमा राजकुमार सुनारलाई चयन गरिएको छ । अब प्रदेश र संघको सम्मेलन हुँदै छ । अन्तिम दिन बिहीबार हिजो पुथाउत्तरगंगा गाउँ समितिको सम्मेलन वडा नम्बर १० तक स्थित गाउँपालिकाको सभाहलमा सम्पन्न गरिएको छ । २१ औँ सताब्दिको अग्रगामी जुझारु दलित मुक्ति आन्दोलन, समावेशी समानुपातिक सहितको संविधान कार्यन्वयनको निम्ति प्रथम सम्मेलन भन्ने मुल नाराका साथ सम्मेलन गरिएको थियो । 


दलितहरुको ऐतिहासिक प्रतिवेदन  सहित समग्र गाउँपालिकाको दलितहरुको अवस्थाको बारेमा रिपोर्टिङ मोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज जिताराम कामीले राख्नुभएको थियो । सम्मेलनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि नेकपा मााओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला इञ्जार्च तेजबहादुर ओलीले वर्गीय मुक्ति भएर मात्रै जातिय क्षेत्र र लिङ्गिक  उत्पीडनको अन्त्य हुन्छ । नेपालको वर्गीय उत्पीडनसंगै अन्य सांस्कृतिक उत्पीडनहरुको संरचना बनेको र अन्ततः यो जातिय समस्या पनि वर्गीय समस्याको एउटा बिम्ब भएको बताउनुभयो । ओलीले थप्नुभयो अहिलेको संविधानबाट कानुनी रुपमा एक हदसम्म अधिकारहरु प्राप्त गरेको छ । विभेदको पनि प्रत्यक्ष रुपमा अन्त्य भएको छ भने विभेदकारी चिन्तन अझै नहटेकोले शान्तिपूणर् ढंगले आन्दोलन, बहस तथा छलफल चलाउनुपर्ने अवस्था रहेको छ ।


साथै ओलीले नेपाल दलित मुक्ति मोर्चाले देशैभरि आफ्नो अभियान चलाइरहेको सन्दर्भमा जुझारु समिति चयन गरी समग्र दलित आन्दोलनको नेतृत्व गर्ने टिम बनाउनुपर्ने बताउनुभयो । राजनीतिक र कानुनी हिसावले अधिकार प्राप्त गरिसकेकोले अब विशेष गरी आर्थिक सामाजिक, सांस्कृतिक आन्दोलनमा केन्द्रित हुनु नै मोर्चाको मुख्य उद्देश्य रहने ओलीले जोड दिदनुभयो । पछिल्लो समयमा विकराल रुपमा आइरहेको जात परिवर्तन गर्ने कुराले विभेदको अन्त्य हुने नहुने कुराको पनि बहस चलाउन जरुरी रहेको ओलीले मोर्चालाई सुझाव दिनु भएको छ ।


शुभकामना मन्तव्यका क्रममा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले गाउँपालिकाले लक्षित वर्गका हक, हित र उत्थानका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । साथै उहाँले हरेक कुरामा यस क्षेत्रका उत्पीडित जाति क्षेत्र लिंगका शोषणहरुलाई नियन्त्रण गर्नका लागि सबैजना आ आफ्ना ठाउबाट लाग्नुपर्ने बताउनुभयो । दलित मुक्ति मोर्चाका केन्द्रीय सल्लाहकार सदस्य  लिलाप्रसाद सुनारले माओवादीको धरातल खस्किनुमा तल्लो भन्दा पनि माथिल्लो कमिटी बिग्रिएको बताउनुभएको छ । गएको स्थानीय निर्वाचनको समीक्षा गर्दै दलित समुदायलाई कार्यकारी भूमिकामा टिकट दिने कुरामा पार्टीको कन्जुस्याइँ रहेको जिकिर गर्नुभएको छ । उहाँले अहिले सबैभन्दा भूमे र सिस्ने गाउपालिकामा दलित समुदायका निर्वाचित जनप्रतिनिधिहरुको प्रतिनिधित्व नहुँदा यी २ गाउँपालिकाका दलितहरु अन्यायमा परेको बताउनुभएको छ । 


सम्मेलनमा शुभकामना मन्तव्य राख्दै मोर्चाका जिल्ला संयोजक हर्कविर कामीले जनवर्गीय संगठनद्वारा हातमा हात मिलाइ आजको दलित आन्दोलनलाई उचाइमा पुर्याउनका लागि सबैलाई अपिल गर्नुभएको छ । अहिले पार्टी घेराबन्दीमा परेको बेला दलित मुक्ति मोर्चाले काँध थाप्दै आएको कुरालाई अवगत गराउदै आर्थिक समृद्धि सहितको संगठन बनाइ जनधरातल सम्म जानुपर्ने कुरामा जोड गर्नुभएको छ । पुथाउत्तरगंगा गाउँपालिकाको दलित मुक्ति मोर्चाको प्रथम सम्मेलनमा गाउँपालिका आयोजक समितिका संयोजक राजकुमार सुनारको अध्यक्षतामा सुरु भएको सम्मेलन कार्यक्रममा माओवादी केन्द्र सिस्ने गाउँ समितिकाका उपाध्यक्ष सान्तेबहादुर बिक, सचिवालय सदस्य सुधन रेग्मी, सिस्ने गाउँ समिति मोर्चाका  अध्यक्ष बिष्णु नेपाली, गाउँपालिका स्थित जनप्रतिनिधि लगायतको उपस्थिति रहेकोमा कार्यक्रमको सञ्चालन जयराम सुनारले गर्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्