Top Navigation
आइतबार, असोज ७, २०८० ०५:२२:२९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०५:२२:२९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • जमु लभ यु !
जमु लभ यु !
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, वैशाख १५, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

नेपडेन

प्रिय जमु...

नयाँ वर्ष संगै

नयाँ जीवनको शुभकामना...

वसन्तको आगमन संगै

पल्लवित नयाँ पालुवा

ढकमक्क फुलेका गुराँस

बिहानी चराका चिरबिर आवाज

यी सब फिका फिका लागेको छ

तिम्रो यो खबर सुनेर ...

बुँङबुँङ उड्ने चैते धूलो झैँ

पलपल छटपटाहट छ

बेचैनको कुनै हिसाब छैन ...

पटक पटक यी औला

मोबाइलमा संग्रहित

कतै तिम्रा भिडियो कतै तस्बिर

त कतै तिम्रो म्यासेज आयो कि

खोतल्न खोज्छ यो मन ...!!

 

यो हुनु थियो जमु

थाहा थियो

हुनै थियो एकदिन...

चकमन्न कैयन रात

आकाशका तारा गन्दै बसेको समय

गाडीको झ्यालतिर बसी

खोला खोल्सी हेरेको पल

खुट्टा बाउडियर तिमी रोएको पल 

एकसाथ आइरहेका छन्

यी नयन वरिपरी....

त्यो हाम्रो भेट त्यो चिनारी

ति यात्रा

कदापि भुल्दिन जमु

भुल्नलाई भएकै होइनन् ,

हाम्रो चिनारी संयोग होला

 

तर जमु ...

त्रिसुली नदी किनारै किनार

देउरालीमा फूल चढाएको

कसरि भुल्नु जमु ...!

गोरखपुरको रेलको यात्रा

किन भुल्नु र जमु ...!!

 

यो जीवन यात्रामा

हजारौ संग आँखा जुधे होलान

सयौसंग हात मिले होलान

तर के ति सबै सम्झिन सकिन्छ र जमु ?

अवस्य नाइँ ...

हाम्रो सम्बन्ध

पानीको फोका  झैँ

चाडै बिलाउने होइन जमु ...

बिन्ति नभुल्नु है ...!!

कुनै बेला चित्त दुखाए होला

रुवाए होला

माफ गर जमु ..

 

अप्राजोलम  खाएर बिताएका

हिजो आजका यी रातको कसम

तिमीलाई नसम्झेका दिन

क्यालेन्डरमा भेटाउदिन जमु ...

तिमीले सम्झेर पठाईदिएका

टि-सर्टमा सझिएर

एना अगाडी उभिदा...

मलाई थाहा छ जमु,

यी नयनले तिमीलाई खोज्ने छन्

पैतालाले तिमीसंग यात्रा गरेको

महसुस गर्नेछन ..

बिन्ति जमु, नभुल्नु है ...!!

 

साँची भनौ जमु ?

म तिमीलाई धेरै धेरै धेरै माया गर्छु

यदि कदमकदाचित

बोलचाल बन्द भयो भने पनि

प्लिज नभुल्नु है जमु ...!!!

झरी परेको अधेरी रात होस् या

पानी परेपछि खुलेको आकाश

तिम्रा याद वरिपरि हुने छन् जमु

तिमीडाँडापारी भएपनि...!!

तिमीले सधैं भन्छेउ नी जमु

साँची म फेरी लगाउन आउछु

तिमी सिदा लिएर ढोकामा आउनु है ....

बदलिन्छ समय ...बदलिन्छ परिस्थिति

बिन्ति तिमी चाहिँ नबदिलिनु है...!!!

मखमली माया  मेरी प्यारी जमु ...

आइ लभयु !!!

 


प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १४:१९
कृषि कृषि
#कविता
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्