Kakhara सबैको खबर सम्पूर्ण खबर
वर्षाका कारण रुकुम कप भलिबल आज उद्घाटन हुन सकेन

सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल वर्षाका कारण आज उद्घाटन हुन सकेन । बिहान ११ बजे नै प्रतियोगिताको उद्घाटन गर्ने तयारी गरिएपनि दिनभर लगातार पानी परेपछि आज उद्घाटन गर्न नसकिएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । 

अव प्रतियोगिता भोलीबाट सुरु हुने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम वि.एम.ले जानकारी दिनुभयो । भोली उद्घाटन लगत्तै खेल पनि सुचारु हुने उहाँले बताउनुभयो । पहिलो खेल आयोजक रुकुम पश्चिम र बाँफिकाेट गाउँपालिकाका विचमा हुने छ । 

खेल लिगकम नकआउट सिस्टममा खेलाइने छ भने सबै खेल बेष्टअफ फाइभका हुने छन् । खेल हेर्नका लागि १ सय रुपैंया टिकट लाग्ने छ । यो प्रतियोगिता कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भएको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंया पाउने छ । उप विजेताले २ लाख ५० हजार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टिमले समान १/१ लाख नगद पुरस्कार पाउने छन् । विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरलाई १० हजार र अन्यलाई ५/५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update