रुकुम कप भलिबल
रुकुम कपमा को टिमले को संग खेल्नेछन् ? (खेल तालिका सहित)

रुकुम कप भलिबलको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा भाग लिएका १० टिमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा आयोजक रुकुम, बाँफिकोट गाउँपालिका, रोल्पा, ठूलिदह, विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) रहेका छन् । समुह बि मा सुर्खेत, त्रिवेणी गाउँपालिका, प्युठान, कालिका कम्प्युटर इन्स्टिच्युट र सल्यान रहेका छन् ।
११ टिमले सहभागिता जनाउने भनिएपनि जाजरकोट नआएपछि १० टिम मात्र रहेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बि.एम.ले जानकारी दिनुभयो । खेल लिगकम नकआउट सिष्टममा खेलाइने छ भने सबै खेल वेष्ट अफ फाइभका हुने छन् । उद्घाटन खेलमा भोली आयोजक र बाँफिकोट गाउँपालिका विचमा प्रतिस्पर्धा हुने छ । कुन टिमले को संग खेल्दैछन खेल तालिका हेर्नुहोस् ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १८:१९
प्रतिक्रिया दिनुहोस्