रुकुम कप भलिबल
रुकुम कप भलिबलमा आज तीन खेल, गायक पिएन साईंला आउने
मुसिकोटमा जारी सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबलमा आज तीन खेल हुँदै छन् । पहिलो खेलमा आयोजक वि र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले प्रतिस्पर्धा गर्ने छन् ।
दोस्रो खेल सशस्त्र प्रहरी बल एपिएफ र रोल्पाका विचमा हुँदा तेस्रो खेल आयोजक र बाँफिकोट गाउँपालिकाका विचमा हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बि.एम.ले जानकारी दिनुभयो ।
त्यस्तै आज गायक पिएन साईलाको प्रस्तुति रहने उहाँले बताउनुभयो । हिमालय लोक स्टारमा दोस्रो भएका साईलाले आज कार्यक्रममा प्रस्तुति राख्ने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८० ०७:३०
प्रतिक्रिया दिनुहोस्