Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम कप भलिबलः आयोजक रुकुम पश्चिमको लगातार दोस्रो जित 

उपाधि दावेदार रुकुम पश्चिमले रुकुम कप भलिबलमा लगातार दोस्रो जित हासिल गरेको छ । आज जिल्लाको बाँफिकोट गाउँपालिकालाई ३–० को सोझो सटेमा पराजित गर्दै आयोजक रुकुम पश्चिमले लगातार दोस्रो जित हासिल गरेको हो । रुकुम पश्चिमले पहिलो खेलमा हिजो विभागीय टोली सशस्त्र प्रहरी (एफिएफ)लाई पराजित गरेको थियो । त्यस्तै आजै भएका अन्य खेलमा त्रिवेणी गाउँपालिका, एपिएफ र सल्यानले जित दर्ता गरेका छन् ।

त्रिवेणी गाउँपालिकाले कालिका कम्प्युटरलाई ३–१ को सेटमा पराजित गरेको हो । त्यस्तै अर्को खेलमा विभागीय टोली एफिएफले रोल्पालाई ३–० ले पराजित गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम वि.एम.ले जानकारी दिनुभयो । एपिएफले अहिलेसम्म १ मा जित र एक मा हार व्यहोरेको छ भने रोल्पाको पहिलो हार हो । आजै भएको अर्को खेलमा सल्यानले प्युठानलाई ३–० ले पराजित गरेको उहाँको भनाई छ । सल्यान र प्युठानले अहिलेसम्म १ मा जित र १ मा हार व्यहोरेका छन् ।

भोली ४ खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा आयोजक र ठूली दह युवा क्लव मुसिकोट ७ ले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगिताको विजेताले ५ लाख नगद प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउने छन् । सेमिफाइनलमा पुग्ने २ टिमले १/१ लाख पुरस्कार पाउने आयोजकको भनाई छ ।   
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update