Top Navigation
मंगलबार, असोज १६, २०८० ०१:२२:१२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, असोज १६, २०८० ०१:२२:१२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #शाेधप्रस्तावका नमुनाहरु
  • #मुकुन्दप्रसाद शर्मा
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #सुशीला विक
Search Here
व्यक्ति/व्यक्तित्व
  • Home
  • व्यक्ति/व्यक्तित्व
  • १२ वर्षिय झाँक्रिको अनौठो कथा (भिडिओ) 
१२ वर्षिय झाँक्रिको अनौठो कथा (भिडिओ) 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, वैशाख २५, २०८०

यो भिडिओ देख्दा तपाइलाई अचम्म लाग्नसक्छ । विश्वास गर्न तपाइलाई हम्मेहम्मे पर्ला । तर यि साना बालक विगत २ वर्ष देखि झाँक्रि बसिरहेका छन् । आङमा देउता चढेपछि आफुलाई केही थाहा नहुने र देउताले जे सिकाउँछ त्यही गर्ने गरेको उनि सुनाउँछन् । आज हामी तपाईलाई एउटा अनौठो क्षमता भएका बालकको कथा सुनाउँदै छौं । 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ११ गोइरीका हरि शिर्पाली उमेरले १३ वर्ष पुग्दै छन् । उमेर अनुसार उनि यतिबेला आफ्नै उमेर समुहका साथीहरुसंग खेल्नुपर्ने हो । राम्ररी बुझ्नसक्ने परिपक्व उमेर भइसकेको छैन उनको । तर उनि यतिबेला झाँक्रि बस्न गाउँ गाउँ पुग्छन । राम्ररी घरमा बस्न पाउँदैनन् । एक ठाउँबाट झाँक्रि बसेर घर पुगेका हुँदैनन् उनलाई लिन अर्को गाउँका मान्छे आइपुगिसक्छन् । कतिपयले झाँक्रि बस्ने घरबाटै आफ्नो घर लिएर जान्छन । उनि उमेरले जति साना छन् उनिप्रति मान्छेको विश्वास अझ धेरै बढी छ । उनि झाँक्रि बस्यो भने बिरामीलाई सहजै निको हुने विश्वासमा टाढा टाढाबाट पनि उनलाई लिन मान्छेहरु पुग्छन् । रुकुम पश्चिमका धेरै ठाउँ पुगिसेका छन् हरि । यो बाहे छिमेकी जिल्लाहरुमा समेत झाँक्रि बस्न गइसकेको उनले सुनाए । 

विज्ञान र प्रविधिले ठूलो फड्को मारिसकेको छ । हरेक कुरा प्रविधिसंग जोडिएका छन् । तर धामि झाँक्रिमा विश्वास गर्नेहरुको कमि छैन् । हरि जस्ता अवोध बालकमा यस्तो शक्ति पैदा हुनुले पनि मान्छेहरुलाई धामी झाँक्रिप्रतिको विश्वास अझै बढाएको देखिन्छ । खेल्ने उमेरको एउटा कलिलो केटो आगोमै नाच्छ, आफ्नै भाषामा मन्त्र हान्छ, आँफुले सिके अनुसार बिरामीको उपचार गर्छ । उनकै शब्दमा उनले झाँक्रि बसेका धेरै बिरामी निको पनि भएका छन् रे । त्यसैले त उनिप्रतिको विश्वास अझ बढेको देखिन्छ । हुन पनि हो एउटा कलिलो केटो, जसले न धेरै पढेको छ, न धेरै बुझ्ने नै भएको छ । तर पनि हेर्नुहोस त उनलाई.....

विज्ञानले पुष्टी नगरेकोले धामी झाँक्रिलाई अन्धविश्वासका रुपमा लिइन्छ । तर पनि धामी झाँक्रिमा विश्वास अझै कम हुन सकेको छैन् । यदी भगवान झन भने भुत, प्रेत जस्ता नराम्रा शक्तिहरु पनि रहेको धेरैको तर्क रहने गरेको छ । जसले गर्दा विभिन्न अन्धविश्वासहरु बढ्दा छन् भने धामी झाँक्रिकै भर पर्दा धेरैले ज्यान समेत गुमाउन पुगेका छन् । तर यो भिडिओ देख्नुभयो भने तपाइलाई पनि धामी झाँक्रिमा विश्वास लाग्न सक्छ । कुनै शक्ति नभएको भए यो बालकमा यस्तो किन भयो ? आगोमा नाच्दा पनि किन पोल्दैन ? भन्ने यावत प्रश्नहरु तपाइको मनमा उब्जिन सक्छन् । हामीले यो भिडियो धामी झाँक्रिमा विश्वास गर्नुपर्छ वा गर्नुहुँदैन भन्ने बारेमा तपाइलाई सोध्न वा कुनै धारणा बनाउन बनाएका होइनौं । एक बालकमा रहेको अनौठौ प्रस्तुति तपाइका विचमा राख्नका लागि यो भिडिओ तयार पारिएको हो । 

हरि स्थानीय विद्यालयमा कक्षा ६ मा पढ्छन् । उनी २ वर्ष देखि झाँक्रि बस्दै आएका छन् । एक दिन अंकलको घरमा झाँक्रि बस्दै थिए । उनि त्यहाँ झाँक्रि हेर्न गएका थिए । उनकै शब्दमा उनलाई त्यही देउताले समाते । एकाएक के भयो मलाई थाहा छैन् पछि अरुले भने तलाई त देउताले छोए । त्यो दिनदेखि आफु झाँक्रि बस्न थालेको उनले सुनाए । आफुलाई देउताले छोएपछि बाँकी कुरा गुरुले सिकाएको उनको भनाई छ । झाँक्रि बस्दा आगोमा टेक्छौ, आगो छुन्छौ पोल्दैन भन्दा उनले भने मलाई केही थाहा हुन्न भित्रबाट जे सिकायो त्यही गर्ने हो त्यही बोल्ने हो । धामी झाँक्रिका सबै विधि उनलाई राम्ररी थाहा छ । उनले गररिहेको काम देख्दा कुनै तरिकाबाट बच्चा हो जस्तै लाग्दैन । 

हरि आफ्नो कामप्रति पूर्ण रुपमा सन्तुष्ट भने छैनन् । भन्छन झाँक्रि बनेदेखि राम्ररी स्कुल जान पाएको छैन्, पढाई बिग्रिएको छ, सरहरुले गाली गर्नुहुन्छ । न छोड्न सकिने न यसमा रमाउन सकिने अवस्था छ उनले भने । दिनका दिन मान्छेहरु बोलाउन आउँदा राम्ररी आराम समेत गर्न नपाउने उनि सुनाउँछन् । टाढा टाढाबाट मान्छेहरु बोलाउन आउँछन्, जाँदिन भन्न सक्दिन, फेरी त्यहीबाटै अन्यत्र लैजान्छन यसैगरी धेरै दिन वितिजान्छ, मुश्किलले घरमा आउँदा पनि मान्छेहरु घरमै आएर बसेका हुन्छन् उनि भन्छन् । आफुले पढाइलाई निरन्तरता दिन खोजेपनि नसकेको गुनासो उनको छ । 

विज्ञानले धामी झाँक्रिलाई पुष्टी गरेको छैन् । तर धामी झाँक्रिप्रतिको विश्वास अझै पनि घट्न सकेको छैन् । धामी झाँक्रि मान्छेको आस्थाकै रुपमा देखिन्छ । जुन आस्था एकाएक हट्ने देखिन्न । विज्ञानले पुष्टि नगरेपनि एउटा बालकमा देखापरेको यस्तो शक्तिले भने सबैलाई हैरान पारिरहेको छ । 


प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
थप व्यक्ति/व्यक्तित्व
त्रिवेणीमा पनि मत गणना थालियो
त्रिवेणीमा पनि मत गणना थालियो शनिबार, वैशाख ३१, २०७९
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान 
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान  शुक्रबार, वैशाख ३०, २०७९
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट  
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट   शुक्रबार, असार २५, २०७८
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ?
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ? मंगलबार, असार २२, २०७८
बाँफिकोट गाउँपालिकाको बजेट पास 
बाँफिकोट गाउँपालिकाको बजेट पास  आइतबार, असार २०, २०७८
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड  
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड   मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ)
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै 
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै  मंगलबार, असार १५, २०७८
लोकप्रिय
  • Week
  • Month
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
मपवि स्नातकोत्तर तह नेपाली शिक्षा विषयका शोधप्रस्तावका नमुनाहरु
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
रुकुमेली समाज विकास केन्द्रबाट एक वर्षमा झन्डै ६२ हजार नागरिक लाभान्वित 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
भूमे ६ महतमा माओवादी केन्द्रको राजनैतिक-वैचारिक प्रशिक्षण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्