Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी ५ का कुनबाङ र सल्लेरीपाखाका १५ किसानलाई दुहुना भैँसी वितरण 

रुुकम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ को कुनबाङ र सल्लेरीपाखा टोलमा भैँसी वितरण गरिएको छ । आज वडाको कुनबाङ र सल्लेरीपाखा टोलका किसानलाई १५ वटा भैँसी वितरण गरिएको हो । संघीय सरकारको सशर्त अनुदान पकेट प्याकेज कार्यक्रम अन्तर्गत किसानलाई भैँसी वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक ठानबहादुर ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाले ५ नम्बर वडालाई पशु पालनको लागि पकेट क्षेत्र घोषणा गरेको छ । सोही अनुसार ५ नम्बर वडाका कुनबाङ र सल्लेरीपाखाका किसानहरुले दुहुनो भैँसी पाएका हुुन् । संघीय सशर्त पकेट अनुदान कार्यक्रम अन्तर्गत सरकारको २५ लाख लगानी रहेको छ । भने किसानले ७ लाख ५० हजार आफैले लगानी गरेका छन् ।
 
सरकारको ७० प्रतिशत अनुदान रहेको छ भने किसानको ३० प्रतिशत लगानी रहेको छ । समुह गठन तथा दर्ता प्रक्रिया गर्दा भैँसी खरिद समुह गठन गरिएको थियो । सोही खरिद समुहले दाङबाट भैँसी खरिद गरि ल्याएको हो । बुढो र मान्छे हान्ने समस्या रहेका गरी ३ वटा भैँसी फिर्ता गरिएको र उक्त भैँसी पछि ल्याएर वितरण गरिने बताइएको छ । 

प्रति भैँसी १ लाख देखि १ लाख ५५ हजारसम्ममा खरिद गरिएको हो । पहिलो कार्यक्रम किसान भैँसी वितरण, दोस्रो कार्यक्रम घाँस वितरण, तेस्रो कार्यक्रम दुध दुहुन प्रयोग गरिने भाडा वितरण र अन्तिम कार्यक्रम गाई भैँसी पालन र वीमा कार्यक्रम सम्बन्धी ३ दिने तालिम रहेको नायव पशु सेवा प्राविधक ओलीले बताउनभयो ।
 
भैँसी वितरण कार्यक्रमा त्रिवेणी गाउँपालिका पशु सेवा शाखाका प्रमुख प्रेमबहादुर पुन, नायव पशु सेवा प्राविधक ओली, भैँसी लिने किसानहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update