Top Navigation
आइतबार, असोज ७, २०८० ०३:४६:५०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:४६:५०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • जवाफदेहीका साथ जनअपेक्षा काम गर्न सिस्नेको सार्वजनिक सुनुवाइ
जवाफदेहीका साथ जनअपेक्षा काम गर्न सिस्नेको सार्वजनिक सुनुवाइ
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, जेठ १७, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । गाउँपालिकाले बुधबार आज गाउँ कार्यपालिकाको प्राङ्गणमा दोस्रो चौमासिक सार्वजनिक कार्यक्रम गरेको हो । सिस्नेले गरेको प्रगति विवरण तथा सुधार गर्नुपर्ने विषयहरुमा सल्लाह सुझावलाई ग्रहण गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाशविक्रम शाहले बताउनुभयो ।


कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सबैले दिएको सल्लाह सुझावलाई सकारात्मक कोणले हेरेको बताउनुभयो । तर, प्रश्न गर्ने व्यक्तिले प्रष्टसँग प्रश्न नगरी थेगोको रुपमा प्रश्न आएकाले सोध्नेलाई पनि अप्ठ्यारो जवाफ दिनेलाई पनि गाह्रो हुने भएकाले प्रमाण सहित बोल्दा गाउँपालिकालाई  काम गर्न सजिलो हुने भन्दै प्रमाण सहित र तथ्य भित्र बोल्न र प्रश्न गर्न सबैमा आग्रह गर्नुभएको थियो ।
त्यस्तै उपाध्यक्ष गोपाल रेउलेले पनि अनुगमन मात्रै हुन्छ की एक्सनमा पनि सिस्ने सरकार जान्छ भन्ने प्रश्नमा उत्तर दिँदै आफूहरुको पहिलो कार्यकाल भएकाले पहिलो पटक सल्लाह सुझाव दिइएको र अबको दिनहरूमा कुनै पनि काम तथा सिस्ने सरकारको अधिकार भित्रपर्ने सम्बन्धीत ठाउँ वा निकायहरुमा एक्सनमा उत्रिने बताउनुभयो ।


उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा ८ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरु, बजेट, विकास तथा सरकारले सञ्चालन गरेका कामहरुको चासो राख्ने विशिष्ट व्यक्तित्वहरु, शिक्षक ,नागरिक समाजका अगुवाहरू , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आफूलाई लागेका जिज्ञासा तथा सुझाव तथा प्रतिक्रिया राखेका थिए । उक्त प्रश्न तथा प्रतिक्रियाहरुलाई प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, सम्बन्धित शाखाका प्रमुखहरुले उठेका प्रश्नहरुका उत्तर दिँदै सल्लाह तथा सुझावहरुलाई सबैले सकरात्मक रुपमा लिएको प्रतिक्रिया दिनुभएको छ ।


सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा सुरु भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा जिसस प्रमुख मेघबहादुर श्रेष्ठ, जिसस उपप्रमुख मोहनबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाह, गाउँकार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नागरिक समाजका अगुवा, वुद्धिजीवी, शिक्षक, पत्रकार तथा चासो राख्ने व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण पत्रकार सर्जना कार्कीले गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २१:३८
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्