Top Navigation
बुधबार, मंसिर १३, २०८० ०५:५२:३५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, मंसिर १३, २०८० ०५:५२:३६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #विचार
  • #डिग्रे
  • #लालबहादुर केसी
  • #शव फेला
  • #दुर्घटना
  • #बेल्टापु मेला
  • #खेलकुद
Search Here
समाज
  • Home
  • समाज
  • यस्तो छ, नेकपाको जिल्ला तथा पालिकाको फर्मेशन
यस्तो छ, नेकपाको जिल्ला तथा पालिकाको फर्मेशन पार्टी एकता र सपथ ग्रहण धमाधम
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, कात्तिक ३, २०७७

तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको तीन वर्ष पूरा भइसक्यो । केन्द्रदेखि जिल्ला सम्म यसले पूर्णता भने पाउन सकेको छैन । पार्टी एकता पश्चात मुल रुपमा एकता भएको भनिएपनि तह तहसम्म एकताका विभिन्न काम हुन बाँकी छन् । पछिल्लो पटक रुकुम पश्चिममा भने पार्टी एकता र सपथ ग्रहण धमाधम भइरहेका छन् । पार्टीका भातृ तथा भगिनी संगठनमध्य हाल मुख्य ४ संगठनको एकता प्रक्रिया टुंगिएको छ । पार्टी, राष्ट्रिय युवा संघ, अनेरास्ववियु, आदीवासी जनजाती मगर संघ र अखिल नेपाल किसान महासंघले जिल्ला तथा स्थानीय तहसम्मको एकता टुंग्याएका छन् । महिला तथा अन्य केही संगठनको भने एकता हुन बाँकी नै छ ।

पार्टीको जिल्ला कमिटि पहिल्यै बनेपनि अरु भातृ संगठनहरुको भने भर्खरै एकता प्रक्रिया टुँगिएको छ । एकता टुँग्याएका संघ, संगठनहरुले पहिलो चरणको बैठक समेत गरिसकेका छन् । पालिका पालिकामा पुगेर दुवै पार्टीका सदस्यलाई सहभागि बनाएर सपथ ग्रहण तथा बैठक समेत सक्काएका छन् । दुवै पार्टी तथा भातृ संगठनको एकतापछि निश्चित संख्यामा कमिटिहरु फर्मेशन गरिएको छ । जिल्लामा एउटा संख्या छ भने पालिका अनुसार पनि सदस्य संख्या निक्र्योल गरिएको छ । पार्टी र अरु एकता भइसकेका ४ वटा भातृ तथा भगिनी संगठनहरुको एकता वडादेखि सेल सम्म पुर्याइएको नेकपा जिल्ला कमिटिले जनाएको छ ।

एकताको तेस्रो बैठकले आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जिल्लामा हाल संगठन सुदृढिकरण, आर्थिक उत्पादन बृद्धि गर्ने, सामाजिक रुपान्तरणको काम, रोजगारी सृजना गर्ने खालका अभियान चलिरहेका छन् । विशेष गरी दुई वटा समिति बनाएर पार्टी सेल सम्मै पुुगिरहेको संयोजक गोपाल शर्माले बताउनुभयो । त्यसका लागि केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्लाका पदाधिकारी तथा गाउँ नगरपालिका सदस्यहरु गाउँ गाउँमा खटिएको संयोजक शर्माले जानकारी दिनुभयो । आर्थिक उत्पादन र विकासको नेतृत्व गर्ने गरी एउटा टिम र सामाजिक साँस्कृतिक रुपान्तरणको काम गर्ने गरी अर्को टिम वडा तहसम्म गएर काम गरिरहेको शर्माले जानकारी दिनुभयो ।

विशेष गरी कोरोना भाइरसलाई ख्याल गरेर पार्टी तथा सरकारका गतिविधिलाई सघाउने काम गरिरहेको संयोजक शर्माले जानकारी दिनुभयो । एकता प्रक्रिया टुंग्याइसकेका जनवर्गिय संगठन पनि पार्टीको कामलाई सघाउन लागिरहेका छन् । एकता प्रक्रिया टुंगिसकेपछि युवालाई एकीकृत गर्ने, संगठित गर्ने, विकास निर्माणमा जोडेर आर्थिक उत्पादनमा लाग्ने गरी कार्य योजना बनाइएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शैलेश शर्माले जानकारी दिनुभयो । ‘जिल्लादेखि वडातहसम्मको एकता प्रक्रिया सकियो,’ शर्माले भन्नुभयो, ‘अब युवाहरु संगठित हुनु भएको छ, संगठित शक्तिलाई अन्यत्र भन्दा आर्थिक उपार्जन, विकास र रुपान्तरणको अभियानमा जोडिएर लैजाने कुरा छ ।’

जिल्ला कमिटिः

क्र.सं. संगठन संयाेजक सचिव सह संयाेजक सदस्य संख्या
१. जिल्ला पार्टी गाेपाल शर्मा विमलकुमार पुन १५१
२. राष्ट्रिय युवा संघ जनक विश्वकर्मा हरिबाेल भारती ५९
३. अनेरास्ववियू शुशिल बिष्ट हुकुम बिसी ५१
४. आदीवासी जनजाती मगर संघ दक्ष पुन मिश्रिलाल पुन ३७
५. अखिल नेपाल किसान महासंघ रविन्द्र बिष्ट जनक बटाला  ५०

मुसीकाेट नगरपालिकाः

क्र.सं. संगठन संयाेजक सचिव सह संयाेजक सदस्य संख्या
१. नगर पार्टी जयवहादुर पाण्डे दिपकराज खड्का ८९
२. राष्ट्रिय युवा संघ डम्बर थापा चुडामणि पुन ४९
३. अनेरास्ववियू भावना शर्मा प्रमिला कठायत ३५
४. आदीवासी जनजाती मगर संघ कमला पुन हर्कवहादुर थापा  ३१
५. अखिल नेपाल किसान महासंघ शेरवहादुर खड्का  ज्ञानवहादुर रावल  ३०

चाैरजहारी नगरपालिकाः

क्र.सं. संगठन संयाेजक सचिव सह संयाेजक सदस्य संख्या
१. नगर पार्टी श्रीकृष्ण शर्मा बीरवहादुर राना ८९
२. राष्ट्रिय युवा संघ गंगाराम राेका  रामवहादुर बिष्ट ४९
३. अनेरास्ववियू अर्जुन ओली प्रताप धिताल  ३५
४. आदीवासी जनजाती मगर संघ हिमवहादुर पुन  देववहादुर राना  ३१
५. अखिल नेपाल किसान महासंघ तेजवहादुर बटाला  डिल्लिजंग केसी  ३०

आठबीसकाेट नगरपालिकाः 

क्र.सं. संगठन संयाेजक सचिव सह संयाेजक सदस्य संख्या
१. नगर पार्टी हरिप्रसाद शर्मा  रवि केसी  ८९
२. राष्ट्रिय युवा संघ ध्रुवराज केसी  नरेश पुन ४९
३. अनेरास्ववियू अनिल केसी  माेहन सार्कि  ३५
४. आदीवासी जनजाती मगर संघ तिलकवहादुर पुन शितल पुन ३१
५. अखिल नेपाल किसान महासंघ केशव शाही  टेकवहादुर थापा ३०

बाँफिकाेट गाउँपालिकाः

क्र.सं. संगठन संयाेजक सचिव सह संयाेजक सदस्य संख्या
१. गाउँ पार्टी कविराम खत्री  वेगमप्रसाद देवकाेटा ७९
२. राष्ट्रिय युवा संघ शाैरभ केसी नविन खत्री  ४९
३. अनेरास्ववियू किरण विश्वकर्मा रामवहादुर ओली ३५
४. आदीवासी जनजाती मगर संघ मनकुमारी बिष्ट  सपना पुन ३१
५. अखिल नेपाल किसान महासंघ दिपक पाैडेल देविराम कुसारी २२

सानीभेरी गाउँपालिकाः

क्र.सं. संगठन संयाेजक सचिव सह संयाेजक सदस्य संख्या
१. गाउँ पार्टी टेकवहादुर पुन मनविर घर्ति ७९
२. राष्ट्रिय युवा संघ गाेविन्द बिसी खुमराज ओली ४९
३. अनेरास्ववियू प्रेम खत्री छविलाल बिष्ट ३५
४. आदीवासी जनजाती मगर संघ डम्बर पुन  रामबहादुर कुँवर ३१
५. अखिल नेपाल किसान महासंघ जनक चन्द  लालसिंह केसी २४

त्रिवेणि गाउँपालिकाः

क्र.सं. संगठन संयाेजक सचिव सह संयाेजक सदस्य संख्या
२. राष्ट्रिय युवा संघ नविन ओली चुडामणि वस्नेत ४९
३. अनेरास्ववियू भिमदत्त बुढाथाेकी  दिपक रावल  ३५
४. आदीवासी जनजाती मगर संघ राजेन्द्र पुन गणेशवहादुर बाँठा ३१
५. अखिल नेपाल किसान महासंघ हरिवहादुर खड्का  टिकाराम बाेहरा  २२

 


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  २०:३३
#नेकपा #एकता
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
डिग्रे मन्दिरको इतिहास र वर्तमान
डिग्रे मन्दिरको इतिहास र वर्तमान
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा  हेर्नुहाेस मेला
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा हेर्नुहाेस मेला
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
Badminton Badminton
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्