Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटको नीति, कार्यक्रम र बजेट ठूली दहबाट आउदै 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आज नीति कार्यक्रम र बजेट ल्याउदै छ । नगरपालिकाले पहिलो पटक खुला ठाउँमा नगर सभा आयोजना गरेको छ । वडा नम्बर ७ को पर्यटकीय स्थल ठूली दहमा नगर सभा हुँदै छ । 

ठूली दहको पर्यटन प्रवद्र्धनका लागि नगर सभा ठूली दहमा आयोजना गरिएको नगरपालिकाले जनाएको छ । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले ठूली दहको पर्यटन प्रवद्र्धन र यसको महत्वलाई बुझाउन ठूली दहमा नगर सभा आयोजना गरिएको बताउनुभयो । 

नगरपालिकाले ठूली दहलाई पर्यटकीय स्थलको रुपमा विकास गरिरहेको उहाँको भनाई छ । नेपाल जलवायु परिवर्तन कार्यक्रमबाट ठूली दहमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु भइरहेको उहाँले बताउनुभयो । यो नगरसभाले ठूली दहलाई अझ चिनाउने विश्वास उहाँको छ ।

यद्धपि यसप्रति विभिन्न टिका टिप्पनीहरु भइरहेका छन् । नगर सभा नै खुला ठाउँमा गर्नुले राम्रो सन्देश नजाने भन्दै सामाजिक सञ्चाल तथा चोक चौतारीमा विभिन्न टिका टिप्पनी भइरहेका हुन् ।
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update